Logo

४ अंकले बढ्यो नेप्से, १७ करोडको कारोवार

४ अंकले बढ्यो नेप्से, १७ करोडको कारोवार


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

२३ चैत,काठमाडौं । सोमवार नेप्से परिसुचक ३ दशमलव ८७ अंकले बढेको छ । ९ सय ३४ अंकले खुलेको बजार ९ सय ३८ मा पुगेर बन्द भएको हो ।

सोमवार अन्य समुहको परिसुचक सवैभन्दा बढी १८ दशमलव ७९ अंकले बढेको छ । त्यस्तै बीमा समुहको १५ दशमलव ६५ र ट्रेडिङ ३ दशमलव ३७ अंकले बढेको छ । बैंकिङ समुहको २ दशमलव ५ र ० दशमलव ५४ अंकले उकालो लागेको छ ।

यता जलविद्युत, विकास बैंक, होटल तथा फाइनान्स समुहको परिसुचक भने ओरालो लागेको छ । जसमध्ये जलविद्युतको ७ दशमलव २३,विकास बैंकको १ दशमलव ४२ फाइनान्सको ० दशमलव ४८ र होटल समुहको ० दशमलव ४१ अंकले घटेको छ ।

सो दिन कारोबारमा आएका १ सय २० कम्पनीको ५ लाख ७५ हजार कित्ता सेयरबाट १७ करोड १६ लाख रुपैयाँ परिचालन भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL