Logo

आईडीवीएलले दियो २० प्रतिशत लाभांश, अध्यक्षमा भट्ट

आईडीवीएलले दियो २० प्रतिशत लाभांश, अध्यक्षमा भट्ट


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

१९ चैत, काठमाडौं । इन्टरनेसनल डेभलपमेन्ट बैङ्कले आफ्ना सेयरधनीलाई २० प्रतिशन लाभांस दिने भएको छ । बैंकको हिजो भएको पाँचौ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई सो लाभांश दिने प्रस्ताव पारित गरेको हो । जस अनुसार सेयर धनीले १० प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस पाउनेछन् ।

उक्त साधारण सभाबाट संस्थापक समूह अन्तर्गत ६ जना सञ्चालकहरू चयन भएका छन् । जसमा माधवप्रसाद भट्ट,सुरेन्द्रकुमार पोखरेल, परशुराम कार्की, पिताम्बर गैरे, निरञ्जनकुमार साहु र राजेन्द्रकुमार घिसिङ निर्विरोध चयन भएका छन् । साथै सोही दिन भएको बसेको सञ्चालक समितिको बैठकले माधवप्रसाद भट्टलाई सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

राष्ट्रियस्तरको विकास बैङ्कको रुपमा नेपाल राष्ट्र बैंकबाट सञ्चालन अनुमती प्राप्त गरेको आईडीवीएल अधिकृत पूँजी २ अर्ब र चुक्ता पूँजी रु. ६४ करोड रहेकोमा बोनस सेयर जारी भएपश्चात् बैङ्कको कुल चुक्त पूँजी रू.७० करोड ४ लाख पुगेको छ ।

बैङ्कले काठमाडौं उपत्यका भित्र र देशका विभिन्न स्थानहरुमा गरी कुल १४ वटा शाखा कार्यालयहरु र १३ वटा एटिएमबाट बैङ्किङ सेवा सञ्चालन गर्दै आएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL