Logo

सिटीसी मोबाइल हबमा सुरु भयो मोबाइल मेला, ६० प्रतिशतसम्म छुट

सिटीसी मोबाइल हबमा सुरु भयो मोबाइल मेला, ६० प्रतिशतसम्म छुट



काठमााडौं । सिटीसी मलमा हालै संचालनमा आएको मोबाइल हबमा तिहार धमाका मोबाइल मेला सुरु भएकोे छ । विहीबारदेखि सुरु भएको मेलामा आर्कषक छुटका साथै अफर भित्रको अफर योजना रहेको मोवाईल हबले जानकारी दिएको छ ।

मोवाइल सम्बन्धि सबै सेवा एकै छाना मुनी दिने र नजिकिदै गरेको दोस्रो ठूलो पर्व तिहारलाई लक्षित गरी भारी छुटमा मोबाइल उपलब्ध गराउन मेला आयोजना गरिएको हो ।

कार्तिक २२ गतेसम्म सञ्चालन हुने मेलामा मोवाइल खरिद गर्ने ग्राहकले दशै तिहार धमाका अन्तर्गत ६० प्रतिशतसम्म छुट पाउनेछन । त्यस्तै अफर भित्रको पनि अफरमा ग्राहकले शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा मोबाइल समेत किन्न सक्ने छन् । साथै हरेक मोबाइलको खरिदमा हात खाली नजाने अफर राखिएको मोबाइल हबका प्रबन्ध निर्देशक संगम राईले बताए ।

एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा दिने अफरका साथै मोबाइल सट्टा पट्टा पनि गर्न सकिनेछ । मोबाइल हबमा चल्ने मोबाइल मेला अवलोकन गर्न आउनेहरुलाई समेत गोलाप्रथाबाट विभिन्न ब्रण्डका मोवाइल निशुल्क बितरण गरिनेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL