Logo

सामसुङ मोवाइल एक्स्पो हुँदै, १ लाखसम्मका मोवाइल प्रदर्शन गरिने

सामसुङ मोवाइल एक्स्पो हुँदै, १ लाखसम्मका मोवाइल प्रदर्शन गरिने


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता
१६ चैत,काठमाडौं । ‘सामसुङ ग्यालेक्सी जे १ मोवाइल एक्स्पो २०१५’ आगामी चैत २७ गतेदेखि हुने भएको छ । सिटिसि मलमा हुने सो एक्सोमा नझुक्याउने पक्का पर्ने ग्राण्ड अफरको व्यवस्थ गरिने आयोजक सिटिसी मोवाइल बजारले जानकारी दिएको छ ।
एक्स्पो वैशाखको पहिलो हप्ताभर चल्ने सिटिसी मोवाइल बजारका अध्यक्ष सन्दिपमान श्रेष्ठले जानकारी दिए । मेलामा १हजार रुपैयाँदेखि १लाख रुपैयाँसम्म मूल्य पर्ने मोवाइल उपलब्ध हुने छन् ।

निशुल्क प्रवेशको ब्यवस्था गरिएको यो मोवाइल एक्स्पोमा हरेक घण्टामा क्यासब्याक अफर मार्फत ५५ प्रतिशतसम्म छुट प्रदान गरिने छ ।

त्यस्तै हरेक मोवाइल खरीदमा ८ देखि ५५ प्रतिशत छुट तथा स्क्रयाच कार्डमार्फत दिइने हरेक दिन पाँचवटा मोवाइल लक्की ड्रमार्फत वितरण गरिने बताइएको छ । एसएलसी दिएर बसेका विद्यार्थीलाई भने एक्स्पोमा प्रवेशसँगै लक्की ड्रमा समावेश गराइने आयोजकले जानकारी दिएको छ ।

मेलाको ३ लाख भन्दा बढी अवलोकनकर्ताको सहभागिता रहने आयोजकको विश्वास छ ।

सामसुङ मोवाइल एक्स्पो २०७१ मा एकसय भन्दा धेरै मोवाइल स्टल, फुडकोर्ट,  टच एण्ड फिलजोन पनि राखिने मोबाइल बजारले जानकारी दिएको छ ।

 

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL