Logo

बजाजले ल्यायो २० प्रतिशत डाउनपेमेन्ट अफर, ३० महिने किस्ताबन्दी

बजाजले ल्यायो २० प्रतिशत डाउनपेमेन्ट अफर, ३० महिने किस्ताबन्दी


रामराजा श्रेष्ठ
54
Shares

बिजखबर संवाददाता

११ चैत, काठमाडौं । बजाजले आफ्ना मोटरसाइकल खरिदका लागि २० प्रतिशत डाउनपेमेन्ट योजना ल्याएको छ । यस योजना अनुसार २० प्रतिशत डाउनपेमेन्ट गरेपछि बजाजका जुनसुकै मोटरसाइकल खरिद गर्न सकिने छ ।

नेपालका लागि बजाज मोटर साइकलको आधिकारीक वितरक एच.एच. बजाजले नविनतम फाइनान्सिङ योजना प्रस्तुत गर्दै कुनै पनि बजाज बाइकको खरिदमा २० प्रतिशत सजिलो डाउन पेमेन्ट योजना घोषणा गरेको हो । यसका साथै डाउन पेमेन्टमा ग्राहकले ३० महिनाको किस्ताबन्धी सुविधा पाउने छन् । साथै ग्राहकहरुको सजिलोका लागि फाइनान्सिङ सुविधा बाइक खरिद गरेको सोरुममै उपलब्ध गराइने छ ।

यो योजना उपत्यका भित्रका अधिकारीक बजाजको सोरुमहरुमा उपलब्ध छ । साथै पूर्वी अञ्चलका लागि इटहरि, गाइघाट, लाहान, कटारी र मिर्चैयाको बजाज सोरुममा, मध्य अञ्चलका लागि जलेश्वर, वर्दिवास, लालबन्दी, मलङ्गवा, चन्द्रनिगाहपुर र हेटौंडाको बजाज सोरुममा, पश्चिम अञ्चलका लागि पोखरा, भैरहवा र बुटवलको बजाज सोरुममा, मध्य पश्चिम अञ्चलका लागि नेपालगञ्ज र सुदुर पश्चिम अञ्चलका लागि टीकापुरमा उपलब्ध छ ।

१९९८ मा स्थापित एच.एच. बजाजले नेपालभरिका बाइक राइडरहरुमा आफनो लोकप्रियता कायम गर्नुका साथै आफना ग्राहकहरुका लागि उत्कृष्ट सेवा प्रदान गर्नका लागि नेपालभरि ८१ वटा आउटलेटहरु स्थापना गरेको छ । बजाज आफ्ना देशभरिका ग्राहकहरुका लागि उच्च गुणस्तरको उत्पादनहरु उपलब्ध गराउँदै नेपालका हरेक कुनामा सेल्स, सर्भिस र उच्च गुणस्तरको स्पेयर पार्टस उपलब्ध गराउँदै आएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL