Logo

साताको अन्तिम दिन नेप्सेले फेर्यो रङ, कारोबार रकममा देखिएन सुधार

साताको अन्तिम दिन नेप्सेले फेर्यो रङ, कारोबार रकममा देखिएन सुधार



काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसुचक हरियो भएको छ । बजार खुलेदेखि नै उकालो लागेको नेप्से परिसुचक अन्तमा करिब दोहोरो अंकले बढ्न पुगेको हो ।

बिहीबार नेप्से परिसुचक ९ दशमलव ३९ अंकले बढ्दै १ हजार १ सय ८१ अंकमा पुगेर अडिएको छ । नेप्से परिसुचक करिब दोहोरो अंकले बढ्दा बजारमा होटल बाहेक सबै समुहका परिसुचक उकालो लागेका छन । दोहोरो अंकले बढेको बजारमा होटल समुहको परिसुचकमा भने समान्य गिरावट आएको छ ।

बजारमा सबैभन्दा बढी निर्जीवन बीमा समुहको परिसुचक ४६ अंकले बढेको छ भने जीवन बीमा समुहको परिसुचक पनि २६ अंकले उकालो लागेको छ ।

यसैगरी बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचकमा झण्डै दोहोरो अंकको बृद्धि भएको छ भने लघुवित्त समुहको परिसुचक १४, विकास बैंक समुहको परिसुचक ८ अंकले बढ्न पुगेको छ ।

बजारमा परिसुचक करिब दोहोरो अंकले उकालो लागेपनि कारोबार रकममा भने सुधार आउन सकेन । दिनभर कुल २१ करोड रुपैयाँको मात्र सेयर खरिदबिक्री भए । जसमा १ सय ६७ कम्पनीको ६ लाख ९४ हजार कित्ता सेयर कारोबार भएको छ । तर, ३ कम्पनी बाहेक अन्यले १ करोडको कारोबारको लक्ष्य भेटाउन सकेन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL