Logo

रिडीका लगानीकर्तालाई शतप्रतिशत हकप्रद सेयर, साढे ८ मेवाको सोलार आयोजना निर्माण

रिडीका लगानीकर्तालाई शतप्रतिशत हकप्रद सेयर, साढे ८ मेवाको सोलार आयोजना निर्माण



काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आफ्ना सेयरधनीलाई शतप्रतिशत हकप्रद सेयर दिने भएको छ । कम्पनीको सोमबार बसेको संचालक समितिले आफ्ना सेयरधनीलाई १ बराबर १ को अनुपातमा हकप्रद सेयर दिने निर्णय गरेको हो ।

हकप्रद जारीसँगै कम्पनीको चुक्ता पूँजी १ अर्ब रुपैयाँभन्दा माथी पुग्ने छ । हाल रिडीको चुक्ता पूँजी ५० करोड १० लाख रपैयाँ रहेको छ ।

रिडीले आगामी दिनमा निर्माण गर्न लागेको साढे ८ मेगावाटको वुटवल सोलार आयोजनाका लागि रकम जुटाउन उक्त हकप्रद बिक्री गर्न लागेको समेत कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

संचालक समितिले गरेको उक्त निर्णय कम्पनीको आगामी दिनमा बस्ने सासधारसभाबाट पारित गरी नियामक निकायबाट स्वीकृति भएपछि मात्र बिक्री गरिने भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL