Logo

नेप्से सामान्य बढ्दा कारोबार रकमले छाड्यो साथ, १७ करोडमै खुम्चियो बजार

नेप्से सामान्य बढ्दा कारोबार रकमले छाड्यो साथ, १७ करोडमै खुम्चियो बजार



काठमाडौं । केही समययता वियरिस ट्रेण्ड समातेको नेप्सेलाई कारोबार रकमले पनि क्रमिक रुपमा साथ छाड्दै गएको छ । बुधबार नेप्से परिसुचक सामान्य उकालो लागेपनि कारोबार रकममा भने उल्लेख्य गिरावट आएको छ ।

बजारमा कुल १७ करोड रुपैयाँको मात्र सेयर कारोबार भएको छ । केही समय अघिसम्म लगातार ५० करोड रुपैयाँभन्दा बढिको सेयर खरिदबिक्री भइरहेको बजारमा बढेको समयमा पनि जम्मा १७ करोड रुपैयाँको किनवेच हुनु नकारात्मक पक्ष भएको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

बुधबार पनि बजारमा कुनै पनि कम्पनीको सेयर कारोबार १ करोड रुपैयाँ छुन सकेन । बजार बन्द हुँदासम्म सबैभन्दा बढि नेको इन्स्योरेन्सको ९२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

दिनभर बजारमा कुनै पनि कम्पनीको परिसुचक २० अंकभन्दा बढि तलभाथी हुन सकेन । जसमा सबैभन्दा बढि उत्पादनमुलक समुहको परिसुचक १९ दशमलव ८८ अंकले घट्न पुगेको थियो । बढ्दो बजारमा बीमा र जलविद्युत समुहको परिसुचक पनि ओरालो लागेका छन् ।

तर बजारमा विकास बैंक, होटल, बैक तथा लघुवित्त समुहका परिसुचक भने उकालो लागेका छन् । दिनभर कुल १ सय ५७ कम्पनीको ५ लाख ८३ हजार कित्ता सेयर मात्र कारोबार भए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL