Logo

मार्जिन कलको प्रेसरसँगै वियरिसको अप्टिमम लेभलमा नेप्से, अब बजार धानिन्छ कि क्रयासको बाटोमा

मार्जिन कलको प्रेसरसँगै वियरिसको अप्टिमम लेभलमा नेप्से, अब बजार धानिन्छ कि क्रयासको बाटोमा



काठमाडौं । लामो समययता ओरालो लागेको नेप्से परिसुचक वियरिसको अप्टिमम लेभल (उच्चतम तह) मा पुगेको सम्बन्द्ध सरोकारवालाहरु बताउँछन् ।

laxmi

लगानीकर्ताहरु नेप्सेको घटाई सिजनल वियरिस वा रेगुलर भन्ने दुविधामा परिरहेको अवस्थमा अहिले समग्र नेप्सेमा परिसुचक ३७ प्रतिशतभन्दा बढीले घट्दा वियरिसको उच्चतम तहमा पुगेको एक ठूला लगानीकर्ताले बताए । ‘बजार २० प्रतिशतभन्दा बढीले घट्दा सिजनल वियरिस हो कि भन्ने आशंका गरिएको थियो,’ ती लगानीकर्ताले भने, ‘अब चाहिँ बजार फुल वियरिसमा गयो भन्ने प्रमाणित भयो ।’

यसैगरी बजार यहिँ अवस्थामा घट्दै गए क्रयासको बाटो समात्ने समेत अर्का एक लगानीकर्ताले बताए । ‘हामीले बजार २३ सय अंकको हाराहारीमा झरेर पुनः उकालो लाग्छ भन्ने सोचेका थियौं तर मंगलबार ४५ अंकभन्दा बढीले घटेर २ हजार अंक आसपास आएको छ,’ ती लगानीकर्ताले भने, ‘दैनिक रुपमा उच्च अंकले घटेर वियरिसको उच्चतम तहमा पुगेको नेप्से सुधारमा लागि नीतिनिर्माताबाट कुनै पहलकदमी भएन भने क्रयास नहोला पनि भन्न सकिँदैन ।’

सेयर बजारमा ४ करोड र १२ करोडको सीमा हुनुभन्दा अघि समिति ठूला लगानीकर्ताले सेयर मुल्य सस्तो हुँदा ठूलो मात्रामा कर्जा लिएर उठाउने गरेका थिए । तर उक्त सीमा लागू भएपछि ठूला लगानीकर्ताले आफुसँग भएको सेयर धितो राखेर पुनः सेयर बजारमै लगानीगर्न कर्जा लिन पाएका छैन् । यसैगरी पछिल्लो समय बजारमा देखिएको क्रेडिट क्रञ्च, उच्च ब्याजदर र बैंकबाट कर्जा पाउन छाडेपछि त्यसको सबैभन्दा ठूलो असर नेप्सेमा पर्न गएको समेत सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

यसैगरी राष्ट्र बैंकको नियम अनुसार यसअघि १२ करोड रुपैयाँभन्दा बढी पुनः सेयरमै लगानी गर्नेगरी सेयरधितो कर्जा लिएका ऋणीहरुले २०७९ असारभित्र उक्त सीमा भित्र ल्याउनुपर्ने बाध्यकारी व्यवस्था छ । कर्जाको आकार घटाउन समेत पछिल्लो समय कतिपय लगानीकर्ताहरुले सस्तो मुल्यमै भएपनि सेयर बिक्री गर्दै आएका छन् । साथै सेयर मुल्य उच्च रुपमा घट्दा बैंक तथा वित्तीय संस्थाले समेत मार्जिक कल गर्न थालेपछि लगानीकर्ताहरु थप मारमा परेका छन् ।

‘बजारमा ठूलो मात्रामा लगानी गरेका लगानीकर्ताहरुलाई कर्जाको सीमा १२ करोड रुपैयाँ भित्र झानुपर्ने दबाब छ भने सेयरको मुल्य ४०।५० प्रतिशतभन्दा बढी घटेकाले बैंकले पनि मार्जिन कलको अर्को दबाब दिन थालेका छन्,’ उनले भने, ‘यी दुबैको मारमा लगानीकर्ता परेका छन् भने अर्को कुनै सम्पती धितोमा रोखर सेयर कर्जा तिर्न वा सेयर किन्नका लागि बैंकले कर्जा समेत दिँदैन ।’ यदि सरकार वा नियामक निकायले कुनै बाटो नअपनाए बजारबाट ठूलो संख्यामा लगानीकर्ताहरु पलायन हुनुका साथै बजार समेत क्रयास हुने सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL