Logo

एनआईसी एशिया क्यापिटलको मोबाइल एप, एप मार्फत सेयर बजारको जानकारी

एनआईसी एशिया क्यापिटलको मोबाइल एप, एप मार्फत सेयर बजारको जानकारी



काठमाडौं । एनआईसी एशिया क्यापिटलले मोबाइल एप सेवाको थालनी गरेको छ ।

क्यापिटलले मोबाइल एप मार्फत प्रयोगकर्ताले आफ्नो डिम्याट खाताको जानकारी, सामूहिक लगानी कोषको प्रति ईकाई मुल्य तथा नेप्से बजारको जानकारी प्राप्त गर्न सकिने जानकारी दिएको छ ।

एनआईसी एशियाले मोबाइल एप हाल एण्ड्रोईडको प्ले स्टोर र केहि दिनमा एप्पल मोबाइलकोे ऐप स्टोरमा निशुल्क उपलब्ध गराउने भएको छ ।

मोबाइल एप्पमा समय सापेक्ष परिवर्तन गर्दै अत्याधिक जानकारी दिँदै जाने एनआईसी एशिया क्यापिटलका व्यापार व्यवस्थापन विभाग प्रमुख राघब पोखरेलले बताएका छन ।

उच्चतम प्रविधिको प्रयोगबाट गुणस्तरीय सेवा प्रदान गर्ने क्यापिटलको प्रतिबद्धता अनुसार यस मोबाइल एपले थप सहयोग पुग्ने क्यापिटलको विश्वास रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL