Logo

सिजी को एलईडि टिभी धरानकी श्रीजनालाइ, धेरै लाईक पाए वापत उनले पाइन टिभी उपहार

सिजी को एलईडि टिभी धरानकी श्रीजनालाइ, धेरै लाईक पाए वापत उनले पाइन टिभी उपहार



काठमाडौं । इलेक्ट्रोनिक ब्राण्ड सिजीले धरानकी श्रीजना शाक्यलाइ उपहार स्वरुप एईडि टिभी प्रदान गरेको छ ।

कम्पनीले आयोजना गरेको नयाँ बर्षको उपहार अन्तरगतको उक्त टिभी आइतबार एक कार्यक्रमका बीच उनलाइ हस्तान्तरण गरेको हो ।

कम्पनीले नयाँ बर्षको अवसरमा आफ्ना ग्राहकलाई उपहार योजना अन्तरगत क्याम्पेन सञ्चालन गरेको थियो । जसअन्तरगत कम्पनीको अफिसियल फेसवुक पेजमा सवैभन्दा बढि लाइक आउने ग्राहकलाइ टिभी उपहार दिने घोषणा गरेको थियो ।

सो योजना अन्तरगत १ सय ३५ जना सहभागि भएकामा धेरै भन्दा धेरै लाईक पाउने ग्राहक शाक्यलाइ सो टिभी प्रदान गरेको कम्पनीले जानकारी दिएको छ । कम्पनीका ब्रान्ड म्यानेजर दिवाकर नगरकोटीले सो टिभी उनलाइ प्रदान गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL