Logo

सामसुङको ‘नयाँ वर्षको उमङग’ अफर, टिभी किन्दा इन्टरनेट उपहार

सामसुङको ‘नयाँ वर्षको उमङग’ अफर, टिभी किन्दा इन्टरनेट उपहार



काठमाडौं । सामसुङ इलेक्ट्रोनिक्सले सामसुङको टिभी तथा घरायसी उपकरणमा १५ प्रतिशतसम्मको छुट दिने भएको छ ।

कम्पनीले नयाँबर्ष २०७५ लाइ लक्षित गर्दै ‘नयाँ बर्षको उमङग’ योजनाका साथ उक्त अफर ल्याएको हो ।

यसका साथै सामसुङले वल्र्डलिंकसंग साझेदारी गर्दैे स्मार्ट टिभीको विक्रीमा अनलिमीटेड इन्टरनेट र नेट टिभी सेवा प्रदान गर्ने भएको छ ।

कम्पनीका अनुसार ३२ इन्चदेखि ४३ इन्चसम्मको स्मार्ट टिभीको खरीदमा ग्राहकले १२ प्रतिशत क्यासव्याक सहित १० एमविपीएसको अनलिमीटेड इन्टरनेट सेवा पाउनेछन ।विभिन्न किसीमका टिभीमा छुट दिने सामसुङले एचडि र एफएचडि टिभीमा भने १५ प्रतिशत क्यासव्याक दिनेछ ।

यसका साथै कम्पनीले रेफ्रिजेरेटरमा पनि ११ देखि १५ प्रतिशत सम्म छुट दिने जानकारी दिएको छ । कम्पनीका वासिङ मेसिन, फ्लेक्स वास, को खरीदमा भने कम्पनीले ५ हजार बराबरको २२ किलो डिटर्जेन्ट प्रदान गर्नेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL