Logo

अर्ना वीयरको ‘फेरि उठ्ने छ नेपाल’ शुरु हुँदै, कार्यक्रम अप्रिल ७ देखि जुन २ सम्म

अर्ना वीयरको ‘फेरि उठ्ने छ नेपाल’ शुरु हुँदै, कार्यक्रम अप्रिल ७ देखि जुन २ सम्म



काठमाडौं । अर्ना वीयरले ‘फेरि उठ्ने छ नेपाल’ वार्षिक कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसबर्ष अर्नाले व्यान्डवागनको साथ ‘अर्ना फेरि उठ्ने छ नेपाल’ कार्यक्रमको सुरुवात गर्ने भएको हो ।
सो कार्यक्रम अन्तर्गत नेपालका विभिन्न ठुला शहरमा कार्यक्रमको आयोजना गर्ने कम्पनीले जानकारी दिएको छ । यस अन्तरगत ७ अप्रिल देखि २ जुनसम्म कार्यक्रम हुने भएको हो ।
जसमा नारायणगढ, धरान, बनेपा, धनगढी लगायतका स्थानमा कार्यक्रम हुने भएको छ । यो कार्यक्रममा प्रोजेक्ट वान नामक ब्यान्डले प्रश्तुति दिनेछ । कम्पनीले यो कार्यक्रम विगत ४ बर्षदेखि गर्दै आइरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL