Logo

सुन प्रतितोला २ सय रुपैयाँले घट्यो, चाँदीमा पनि ५ रुपैयाँ कम

सुन प्रतितोला २ सय रुपैयाँले घट्यो, चाँदीमा पनि ५ रुपैयाँ कम


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१९ फागुन, काठमाडौं । स्थानीय बजारमा सुन प्रतितोला २ सय रुपैयाँले घटेको छ ।

सोमबार प्रतितोला ५२ हजार रुपैयाँमा कारोवार भएको सुन मंगलबार घटेर ५१ हजार ८ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार प्रतितोला ३ सय रुपैयाँले बढेको थियो ।

त्यस्तै चाँदी पनि सामान्य घटेको छ । सोमबार प्रतितोला ७ सय ५ रुपैयाँमा कारोवार भएको चाँदी मंगलबार ५ रुपैयाँले घटेर ७ सय रुपैयाँमा कारोवार भइरहेको छ ।

सोमबार प्रतितोला ५ रुपैयाँले बढेको चाँदी मंलगबार ५ रुपैयाँले नै घटेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL