Logo

सेयर बजारमा मार्जिन कलको असर, कहाँबाट ल्याउने १५ अर्ब ?

सेयर बजारमा मार्जिन कलको असर, कहाँबाट ल्याउने १५ अर्ब ?


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौंं । पछिल्लो समय ओरालो लागेको सेयर बजारमा मार्जिन कलको दबाब परेको छ । बजार दैनिक रुपमा ओरालो लाग्न थालेपछि बैंकहरुले मार्जिन कलको प्रेसर दिन थालेका हुन् ।
बजारमा उच्च गिरावट आएपछि बैंक तथा वित्तीय संस्थाले मार्जिन कलमा बढी प्रेसर दिन थालेका एक लगानीकर्ताले बताए । उच्च ब्याजदर र मार्जिन कलको प्रेसरले गर्दा प्नि लगानीकर्ताहरुले घट्दो बजारमा सेयर बिक्री गर्न थालेका छन् ।

राष्ट्र बैंकको तथ्याङ्क अनुसार हाल मार्जिन लेण्डिन अन्तरगत पुस मसान्तसम्मका ४३ अर्ब २० करोड रुपैयाँ लगानी भएको छ । सो अबधि यता सेयर बजारमा झण्डै ३५ प्रतिशतको गिरावट आएको छ । सोही अनुरुप मार्जिन कल गर्ने हो भनेपनि मार्जिन कल अन्तरगत लगानीकर्ताले थप १५ अर्ब रुपैयाँ जम्मा गर्नुपर्ने हुन्छ । माजिन कलमा पैसा राख्न बैंक तथा वित्तीय संस्थाले कर्जा दिन छाडेकाले पनि लागनीकर्ताहरुले घट्दो बजारमा सेयर बिक्री गरेरै भएपनि तिर्न थालेका एक लागनीकर्ताले बताए ।

गतहप्ताबाट दैनिक जसो बैंक वित्तीय संस्थाले मार्जिन कलको म्यासेज पठाउन थालेका सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘अहिले बैंकले बढ्दो ब्याजदर र मार्जिन कलको एसएमएस सँगसँगै पठाउन थालेका छन्,’ ती लगानीकर्ताले भने, ‘बजारप्रति सरकारले कुनै चासो निदएको र मार्जिन कलको दबाबले गदा पनि लगानीकर्ताले घटेरै भएपनि सेयर बिक्री गर्दै आएका छन् ।’

केही समय अघि अर्थमन्त्री डा. युवराज खतिवडा नियुक्त भएसँगै अनुत्पादनकको हल्ला फैलाएर घटाउन सुरु भएको बजार पुनः अहिले माग र पूर्तिको हवला दिएर बजारमा नकारात्मक प्रचार गर्न थालेका छन् । आईतबार अर्थमन्त्रीले विराटनगरमा बजारमा सेयरको फ्लो बढेको र आगामी निदमा अझै पनि प्राथमिक सेयर निष्काशनको क्रममा रहेकाले बजार घट्नु स्वभाविकरहेको बताएसँगै लगानीकर्ता अझ त्रसित भएर सेयर बिक्री गर्न थालेका एक लगानीकर्ताले जानकारी दिए ।

सोमबार बजारमा लामो समयपछि सर्किट लाग्दै नेप्से परिसुक ५१ दशमलव ८९ अंक अर्थात ४ दशमलव २५ अंकले घट्न पुगेको छ । जसमा सबै समुहका परिसुचक उच्च रुपमा घटेका छन् ।
नेप्से परिसुचकमा घटेर सर्किट लागेपनि कारोबार रकम भने बढेको छ । बैंकको माजिन कलका कारण लगानीकर्ताहरु दाबाबमा परेका कारण घटेरै भएपनि सेयर बिक्री गर्न थालेका छन् । बजारमा बिक्री पक्ष उच्च भएपनि खरिदपक्ष भने देखिएका छैनन् । बजारमा धेरैजसो कम्पनीको खरिदकर्ता शुन्यजस्तै थिए ।

बजारमा सबैभन्दा बढी बीमा समुहको परिसुचक ओरालो लागेको छ । सो समुहको परिसुचक ३ सय ८४ अंकले घट्दा बजारमा बढी प्रभाव रहेको बैकिङ समुहको परिसकमा पनि ४२ अंकको गिरावट आएको छ ।

यसैगरी माइक्रोफाइनान्स समुहको परिसुचक ७५ अंकले घट्दा विकास बैंक समुहको परिसुचक ५१, होटल ८१, जलविद्युत ६९, उत्पादनमुल ६१ र अतिरिक्त समुहको परिसुचक २१ अंकले घटेको छ ।

घट्दो बजारमा कारोबार रकम बढ्दै ४७ करोड ७० लाख रुपैयाँ पुगेको छ । जसमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको सेयर प्रतिकित्ता ५५ रुपैयाँले घट्दै साढे ५ करोड रुपैयाँको सेयर कारोबार भएको छ भने नेपाल इन्भेष्टमेन्ट बैंक र नेपाल बैंकको २/२ करोड रुपैयाँको कारोबार भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL