Logo

२ अंकले बढ्यो नेप्से, २५ करोडको कारोवार

२ अंकले बढ्यो नेप्से, २५ करोडको कारोवार


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

११ फागुन,काठमाडौं । सोमवार नेप्से परिसुचक २ दशमलव ४८ अंकले बढेको छ । बजार खुलेदेखि ४ दशमलव २८ अंकले घटेको नेप्से १ बजेपछी बढेर ९ सय ९३ अंकमा पुगि बन्द भएको छ ।

सोमवार सेयर बजारमा बढी प्रभाव रहेको बैंक समूहको परिसुचक १ दशमलव ४१ अंकले बढेको छ । त्यस्तै विकास बैंकको ३ दशमलव ७१, जलविद्युत २९ दशमलव ३४, बीमा १० दशमलव ४, उत्पादन ८ दशमलव ८२ र अन्य समूहको परिसुचक १ दशमलव १७ अंकले बढेको छ ।

होटल र फाइनान्स समूहको परिसुचक भने क्रमशः ९ दशमलव ९६ र २दशमलव २९ अंकले घटेको छ । सो दिन ६ लाख ७३ हजार कित्ताबाट २५ करोड २३ लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL