Logo

ग्लोबल आइएमई बैंकको रक्तदान कार्यक्रम, कर्मचारी र ग्राहकको उल्लेख्य सहभागिता

ग्लोबल आइएमई बैंकको रक्तदान कार्यक्रम, कर्मचारी र ग्राहकको उल्लेख्य सहभागिता


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो ११औ वार्षिकोत्सवको अवसरमा रक्तदान तथा निशुल्क मधुमेह परिक्षण कार्यक्रमको आयोजना गरेको छ । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याललाई बल्ड ब्याग हस्तान्तरण गरि उक्त रक्तदान तथा निशुल्क मधुमेह परिक्षण कार्यक्रमको सुरुवात गरेका हुन् ।

‘रक्तदान नै जीवन दान’ हो भन्ने मुल नाराका साथ आज आयोगित सो कार्यक्रममा रक्तदान तथा निशुल्क मधुमेह परिक्षण कार्यक्रममा बैंकका कर्मचारी तथा ग्राहकहरुको उत्साहजनक सहभागिता रहेको बैंकले जानकारी दिएको छ । देशमा देखिएको रगत अभाबलाई ध्यानमा राखेर बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

२०६३ पौष १८ गतेबाट संचालनमा आएको ग्लोबल आइएमई बैंकले स्थापनाको छोटो अवधिमै अलग पहिचान बनाउन सफल भएको छ । स्थापनाको एक दशकमा बैंक बैंक अफ द इएर तथा बेष्ट इन्टरनेट बैंकिङ्ग अर्वाडबाट समेत सम्मानित भईसकेको छ । १ सय १३ शाखा, १२७ एटिएम, ४ बटा एक्टेन्सन काउण्टर, ५८ शाखा रहित बैंकिङ्ग सेवा रहेको ग्लोबल आइएमई बैंकले ८ लाख भन्दा बढि ग्राहकलाई सेवा दिदै आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त मोवाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा युके, अष्टे«लिया, मलेसिया, भारत, दक्षिण कोरिया, जापान, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL