Logo

१४औं अन्तरराष्ट्रिय औद्योगिक व्यापार मेला बैशाख १४ देखि, ५ करोड भन्दा बढीको कारोबार हुने अपेक्षा

१४औं अन्तरराष्ट्रिय औद्योगिक व्यापार मेला बैशाख १४ देखि, ५ करोड भन्दा बढीको कारोबार हुने अपेक्षा


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । १४ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला बैशाख १४ गतेदेखि हुने भएको छ ।

१८ गतेसम्म चल्ने मेला काठमाडौंको भृकुटिमण्डपमा हुन लागेको हो ।

मेलाको नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गर्न लागेको मेलाको मुल नारा ‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ र ‘उद्योग गरौं, उद्यमी बनौं, उठाऔं नेपाल’ भन्ने रहेको छ ।

मुलुकभरका झण्डै ३ लाख लघु, घरेलु तथा साना उद्योगहरुलाई प्रदर्शनीमार्फत प्रतिबिम्बित गर्ने उद्देश्यसहित मेला आयोजना गर्न लागेको महासंघका अध्यक्ष श्याम गिरीले बताए ।

मेलामा नेपालका ७५ वटै जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेशलगायत सार्क मुलुक तथा चीनको सहभागिता रहने महासंघले जानकारी दिएको छ ।

मेलामा घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुका २५० वटा स्टल रहने छन् ।

प्रदर्शनीले मुलुकको औद्योगिकरणको वर्तमान अवस्थालाई उजागर गर्न सबै खाले उद्योगको उत्पादनलाई समावेश गरी बीटुबी, बीटुसी, बीटुजी जस्ता अन्तरक्रिया पनि आयोजना गर्ने आयोजकले जानकारी दिएको छ ।

साथै छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव कार्यक्रम प्रदर्शनीका थप आकर्षण हुने महासंघले जनाएको छ ।

उक्त मेलाको २ लाख भन्दा बढी अवलोकनकर्ताहरूले अवलोकन गर्ने अयोजकको अपेक्षा छ । साथै ५करोड भन्दा बढीको प्रत्यक्ष तथा १० करोड बराबरको अप्रत्यक्ष कारोवार हुने महासंघले अनुमान गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL