Logo

एनसेल मेला शनिवार विराटनगरमा, फोरजीसँगै साङ्गितिक मज्जा

एनसेल मेला शनिवार विराटनगरमा, फोरजीसँगै साङ्गितिक मज्जा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एनसेलले फोरजीको अनुभव प्रदान सहित विराटजगरमा ‘एनसेल मेला २०७४’ आयोजना गर्ने भएको छ । कम्पनीले आफ्ना ग्राहकलाई फोरजीको मज्जासहित मनोरञ्जन प्रदानका लागि शनिवार विराटनगरमा उक्त मेला गर्न लागेको हो ।

बिहान ११ बजे शुरु हुने विविध मनोरञ्जनात्मक कार्यक्रमहरुले भरिपूर्ण मेलामा दर्शकहरुले विविध कार्यक्रम तथा गतिविधि र कन्सर्टका मजा लिन सक्नेछन् । मेलामा विभिन्न गेम्स् लगायत सबै मनोरञ्जनात्मक गतिविधीहरु फोरजी थिममा आधारित हुनेछन् र दर्शकहरुले चर्चित गायक तथा सांगीतिक समुहहरुको प्रस्तुतिबाट आनन्द लिन सक्नेछन् ।

मेलामा कलाकारहरु शिव परियार, आषिश राना (लाउरे), सांगीतिक समुहहरुमा कबवेभ र द एजले आफ्नो प्रस्तुतिहरु राख्दै दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् । रोडिज्का विजेता समन श्रेष्ठ र फस्ट रनरअप अनिमेश शाहीले पनि मेलामा सहभागिता रहनेछ । त्यसैगरी स(साना बालबालिकाहरुको गायन प्रतिभा उजागर गर्न मेलामा ‘जुनियर सिङ्गिङ्ग आइडल’ कार्यक्रमको पनि आयोजना गरिनेछ । साँझ साढे बजे सम्म चल्ने मेलामा प्रवेश निःशुल्क गरिएको छ ।

दर्शकहरुले मेलामा नै आवश्यक कागजातहरु बुझाई फोरजी सिम खरिद गर्न तथा आफ्नो पुरानो सिमलाई फोरजी सिममा अपग्रेड पनि गर्न सक्नेछन् । मेलामा जादु, किडस् जोन र फुड स्टलहरु पनि रहेनछन् । त्यसैगरी, मेलाको अन्य आकर्षणहरुमा फेसबुक ट्यागिङ कन्टेस्ट, ब्लाइण्ड मेकअप, युनिकर्न रिङ् टस जस्ता गेम्सहरु पनि रहनेछन् । पेपर प्लेन थ्रो, मिनी गल्फ, फ्रग जम्प र कार रेस जस्ता फोरजी थिममा आधारित गेम्सहरुले दर्शक तथा आगन्तुकहरुलाई भरपुर मनोरञ्जन प्रदान गर्ने विश्वास लिइएको छ र बालबालिकाहरुले पनि ट्राम्पोलिन, गो कार्ट, टेम्पोररी ट्याटु, डिस्नी प्रिन्सेस् क्यासल र क्यारेक्टरहरु लगायत विविध आकार्षक गेम तथा गतिविधीहरुमा घुलमिलभई रमाईलो गर्न सक्नेछन् ।

पोखराबाट शुरु भएको यो मेला पुष २२ गते बुटवलको सिद्घेश्वरी मैदान, दीपनगरमा र पुष २९ गते ललितपुरको जावलाखेल मैदानमा आयोजना पश्चात समापन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL