Logo

सुनको मूल्य २ सयले बढ्यो, चाँदीमा पनि बृद्धि

सुनको मूल्य २ सयले बढ्यो, चाँदीमा पनि बृद्धि


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
४ फागुन,काठमाडौं । मंगलवार स्थानीय बजारमा सुनको भाउ बढेको छ । केहीदिन स्थिर   रहेको सुन आज प्रतितोला ५२ हजार   ७ सयमा कारोवार भएको छ ।

सोमवार सुन प्रतितोला ५२ हजार ५ सयमा कारोवार भएको थियो । त्यस्तै चाँदीको मूलयमा पनि केही बृद्धि भएको छ ।

आइतवार तोलाको ७ सय २० मा कारोवार भएको चाँदी ५ रुपैयाँ बढेर ७ सय २५ मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL