Logo

मोवाइल महत्सोवको पहिलो दिन ३ करोडको कारोवार, लक्की ड्रको क्यासव्याक अफर लामालाई

मोवाइल महत्सोवको पहिलो दिन ३ करोडको कारोवार, लक्की ड्रको क्यासव्याक अफर लामालाई


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

३ फागुन, काठमाडौं । सामसुङ मोवाइल महोत्सव २०१५ पावर्ड वाई हुवावेको क्यासव्याक अफर कर्मा सांगे लामाले जितेका छन् । काठमाडौ न्यूरोडमा रहेको ताम्राकार कम्प्लेक्समा आयोजना भईरहेको उक्त महोत्वसको पहिलो दिनको लक्की ड्रमा कुपन नम्बर २०८७ का लामाले क्यास ब्याक अफरको डबल पुरस्कार हात पारेका हुन् ।

अर्थमन्त्री डा. रामशरण महतका सल्लाहकार गजेन्द्र बिष्टले ताम्राकार कम्प्लेक्समा एक कार्यक्रमकाबीच निकालेका लक्की ड्रमा लामाले दैनिक पुरस्कारअन्तरगतको ५० प्रतिशत क्यासब्याक प्राप्त गरेका हुन् । यस्तै, उनले हरेक दिन प्राप्त गर्ने ३० हजार रुपैंया बराबरको स्मार्टफोन समेत प्राप्त गरेका छन् ।

लामाले महोत्सवको पहिलो दिन कम्प्लेक्समा रहेको जे.एस. मोबाइल शपबाट कलर्स एक्स ४७ मोडलको मोबाइल खरिद गरेका थिए ।

त्यसैगरी दैनिक रुपमा गरिने डोर प्राइजको लक्की ड्र अन्तरगत ३ जनाले स्मार्टफोन प्राप्त गरेका छन् । दैनिक डोर प्राइजको लक्की ड्रबाट स्मार्टफोन प्राप्त गर्नेमा कुपन नम्बर ३०६१, कुपन नम्बर ५६६५ र कुपन ४६३६ भाग्यशाली बिजेता भएका छन् ।

लक्कि ड्र खोल्दै सल्लाहकार बिष्टले अहिले हरेक व्यक्तिको लागि मोबाइल आवश्यकता भईसकेको भन्दै महोत्सव अवधिभर मोबाइल खरिदकर्ताहरुलाई अधिकतम सेवा सुविधा दिन मोबाइल व्यवसायीहरुलाई आग्रह गरे । लक्कि ड्र्र खोल्ने कायक्र्रममा विभिन्न संचारमाध्यमका आर्थिक पत्रकारहरुको पनि उपस्थिती रहेको थियो ।

सामसुंग मोबाइल महोत्सव २०१५ को पहिलो दिन ताम्राकार कम्प्लेक्समा विभिन्न ब्राण्डका २५ सय भन्दा बढि मोबाइल सेटहरु बिक्री भएको छ । यस आधारमा पहिलो दिन ३ करोड रुपैंया भन्दा बढीकोे मोबाइल तथा अन्य एसेसरिजहरु बिक्री भएका छन् । महोत्सवको शुरुवातसँगै कम्प्लेक्समा ग्राहकहरुको दैनिक चहलपहल बढिरहेको छ । महोत्सवको पहिलो दिन सामसुङ र हुवावे ब्राण्डका मोबाइलहरुको बिक्री बढी भएको वेष्ट टेक मोबाइल शपका गोपाल निरौलाले बताए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL