Logo

बर्डको एउटा मोवाइल किन्दा अर्को सित्तैमा योजना, ट्याबलेट वि १००० पनि सार्वजनिक

बर्डको एउटा मोवाइल किन्दा अर्को सित्तैमा योजना, ट्याबलेट वि १००० पनि सार्वजनिक


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२ फागुन,काठमाडौं । एमसिएस मोवाइल ग्यालरीले एउटा बर्ड मोवाइल खरिद गर्ने ग्राहकलाई अर्को मोवाइल सित्तैमा दिने भएको छ । १२ बर्ष पुरा गरेको अवसर पारी यस्तो योजना सञ्चालनमा ल्याएको हो ।

जसअन्तर्गत बर्डको लिडर्स प्लस किन्दा जि फइभ सित्तैमा प्राप्त गर्न सकिन्छ । त्यस्तै अप्टिमा स्मार्ट एण्ड्रोइडको खरिदमा एन्ड्रोइड स्मार्टफोन निशुल्क प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

शनिवार एक कार्यक्रमविच बर्ड मोवाइल मेला सभासद ध्यानगोविन्द रंजित,मोवाइल व्यवसायी संघका अध्यष आविष्कारलाल श्रेष्ठ,बर्ड मोवाइलका चेयरमेन सुरेन्द्र खनाल तथा बर्डका व्राण्ड एम्वास्डर हास्यकलाकारद्धय हरिस निरौला(कक्रोज) र सागर लम्साल(बले) ले संयुक्त रुपमा उद्दघाट गरे ।

सो अवसरमा बर्डले नयाँ ट्याबलेट वि १००० पनि सार्वजनिक गरेको छ । शनिवारदेखि सुरु भएको मेलामा कम्पनीले विभिन्न सेटमा छुट अफर प्रदान गरेको ग्यालरीका प्रवन्ध निर्देशक मनोज मानन्धरले बताए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL