Logo

जगदम्बा सिमेन्टको हाम्रो घर मोबाइल एप सार्वजनिक, निर्माणसम्बन्धी सम्पूर्ण जानकारी उपलब्ध

जगदम्बा सिमेन्टको हाम्रो घर मोबाइल एप सार्वजनिक, निर्माणसम्बन्धी सम्पूर्ण जानकारी उपलब्ध


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । जगदम्बा सिमेन्ट उद्योगले ‘हाम्रो घर’ मोबाइल एप सार्वजनिक गरेको छ । उद्योगको निर्माण सम्बन्धी जिज्ञासाको समाधान गर्ने उद्देश्यसहित सो एप सार्वजनिक गरेको कम्पनीले जानकारी दिएको छ ।

एपले घर निर्माण सम्बन्धी कार्य गर्ने इन्जिनियर, कन्ट्रयाक्टर, डिलर मेसनलगायतको जानकारी उपलब्ध हुन्छ ।

एपमा ‘निर्माण सामग्री खोज’, सिमेन्ट क्वालिटी प्यारामिटर, अर्थक्वाइक सेफ्टी, जगदम्बा सिमेन्ट प्रोफाइल लगायत सुविधा छन् । त्यस्तै जगदम्बा सिमेन्ट रिर्पोटका साथै कहाँ किन्नेलगायत बारे जानकारी दिन्छ ।

निर्माणका लागि आवश्य सामग्री छनोट, घर निर्माण गर्न घरको लागत, भुकम्प प्रतिरोधी घर निर्माण प्रकृयालगायत बारे उपभोक्ताले जगदम्बा सिमेन्टका सेल्स टिमसँग सिधै सम्पर्क गर्न सक्ने छन् ।

हाम्रो घर एप एन्ड्रोइड फोनको प्लेस्टोरबाट डाउनलोड गर्न सकिन्छ । साथै, चाँडै एप स्टोरमा आउने कम्पनीको दाबी छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL