Logo

बंगलादेश– नेपाल एक्स्पो तथा कन्सर्ट हुँदै, बंगलादेशी उत्पादनमा ५० प्रतिशत सम्मको छुट

बंगलादेश– नेपाल एक्स्पो तथा कन्सर्ट हुँदै, बंगलादेशी उत्पादनमा ५० प्रतिशत सम्मको छुट


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२२ माघ,काठमाडौं । ‘मंगोली बंगलादेश नेपाल एक्स्पो २०१५’ आगामी माघ २८ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । नेपाल र बंगलादेशको सम्बन्ध ४३ पुरा भएको अवसरमा एक्स्पो आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।

मुड्स मिडिया तथा इभेन्ट प्रालीले आयोजना गर्न लागेको एक्स्पोमा ह्याण्डीक्राफ्ट, टेक्स्टायल, हर्वल, सुचन प्रविधि, बुटिक, कस्मेटिकलगायत सामग्री प्रदर्शन गरिने बताइएको छ ।
एकस्पोमा ९० ओटा स्टलमध्ये ४० ओटा बंगलादेशी र अन्य नेपाली रहने आयोजकले जानकारी दिएको छ ।

मेलामा बंगलादेशी सामग्रीहरुमा ५० प्रतिशतसम्म छुट दिइने बताइएको छ । मेला विहान १० बजेदेखि ५ बजेसम्म खुल्ने छ । मध्यमबर्गीय उपभोक्तालाई मध्यनजर गर्दै प्रवेश शुल्क २५ रुपैयाँ तोकिएको छ । एक्स्पोको ५ लाख अवलोकनकर्ताले अवलोकन गर्ने तथा १ करोडसम्मको कारोवार हुने आयोजकको अनुमान छ ।

यसैविच रोयल टिगर बंगलादेश नेपाल फ्रेण्डशिप कन्सर्ट आयोजना हुने भएको छ । फेव्रअरी १५ मा हुने सो कन्सर्टमा बलिउडका चर्चित गायक फरुक माहफुज अनाम(जेम्स) तथा नेपाली गायक सविनराइ, सिने गुरुङलगायतले सांगितीक प्रस्तुती दिने छन् । कन्सर्टमा भीआइपीका लागि १ हजार र अन्यका लागि ५ सय प्रवेश शुल्क तोकिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL