Logo

५ अंकले बढ्यो नेप्से, रू.३५ करोडको साढे १० लाख कित्ता कारोवार

५ अंकले बढ्यो नेप्से, रू.३५ करोडको साढे १० लाख कित्ता कारोवार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१८ माघ, काठमाडौं । आइतबार नेप्से परिसुचक ४ दशमलव ७८ अंकले बढेको छ । बजार खुलेदेखि उकालो लागेको नेप्से परिसुचक ९ सय ९१ दशमलव ४४ अंकमा पुगेर अडिएको छ ।

बजारमा कुनै पनि समुहका परिसुचक १० अंकभन्दा माथी बढेका छैनन् । नेप्सेमा प्रभावपार्ने बैंकिङ समुहको परिसुचक ६ दशमलव १५ अंकले बढेको छ । उक्त समुहको परिसुचक उकालो लागेपनि समग्र नेप्से परिसुचक पनि बढेको हो । त्यसैगरी, विकास बैंक समुहको परिसुचक पनि ६ दशमलव ६३ अंकले बढेको छ । बजारमा अन्य समुहको परिसुचक ८ दशमलव २२ अंकले बढेको छ ।

आइतबार होटल, जलविद्युत्, बीमा र उत्पादनमुलक समुहको परिसुचक भने आरालो लागेको छ ।

दिनभर बजारमा कुल ३५ करोड ७२ लाख रुपैयाँ बराबरको १० लाख ४२ हजार कित्ता सेयर कारोवार भएको छ । प्रभु बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमोटर सेयर कारोवार भएपछि समग्र सेयर कारोवार बढी भएको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL