Logo

क्यान इन्फोटेक शुरु, विभिन्न कम्पनीका नयाँ उत्पादन तथा योजना सार्वजनिक

क्यान इन्फोटेक शुरु, विभिन्न कम्पनीका नयाँ उत्पादन तथा योजना सार्वजनिक


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता
१४ माघ, काठमाडौं । क्यान इन्फोटेक २०१५ बुधवारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । एक्स्पोमा  सूचना प्रविधिसँग सम्वन्धित तथा र अन्य गरी २ सय १९ ओटा स्टल रहेका छन् ।

एक्स्पोमा विभिन्न कम्पनीहरुले नयाँ उत्पादन सार्वजनिक गर्नुका साथै छुट योजना पनि सञ्चालन गरेका छन् ।‘सुबिसु क्यान इन्फोटेक २०१५ ईन एशोसिएशन विथ डेल इन्टेल बाई नियोटेरिक नेपाल’ एक्स्पोको अवसरमा टेलिटक प्रालीले विन्डोज फोनको विक्री सुरु गरेको छ । त्यस्तै सुबिसु केवलनेट प्रालिले रिटेल ग्राहकहरुलाई लक्षित गर्दै केबल ईन्टरनेटका नयाँ तथा आकर्षक योजनाहरु सार्वजनिक गरेको छ । ईन्टरनेट र डिजीटल टिभि,तथा ईन्टरप्राईज सेवामा समेत विभिन्न योजना ल्याएको छ ।

सामसुङले दैनिक लक्की ड्र, एक्सचेन्ज अफरहरु तथा सामानहरुको खरिदमा विभिन्न उपहार प्रदान गर्ने भएको छ । साथै प्रत्येक मोवाईलको खरदिमा ५ प्रतिशत बराबरको एनटीसी तथा तथा एनसेलको रिर्चाज कार्ड प्रदान गरेको छ ।
वेभ सरफरले पनिइन्टरनेट सेवामा विशेष सुविधा दिने भएको छ ।स्प्यारो एसएमएसले विशेष एसएमएस बुकिङ्ग सर्भिसको शुरुवात गरेको छ । भिडीयोकोनका विभिन्न मोडेलको मोवाईल खरिदमा बिशेष छुट तथा उपहार प्रदान गर्ने भएको छ ।

सिद्घार्थ बैंकले ईन्फोटेकलाई लक्षित गरी अन्र्तराष्ट्रिय प्रि पेड ट्राभल कार्डको खरीदमा कार्ड लिनको लागि शुरुमा लाग्ने शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने भएको छ ।

मेलामा साढे ४ लाख अवलोकनकर्ताको उपस्थिती रहने आयोजकको अपेक्षा छ । पाँच दिनसम्म चल्ने मेलामा सर्वसाधारणका लागि १ सय ५० र विद्यार्थीलाई ७५ प्रवेश शुल्क तोकिएको छ ।

एक्स्पोको उपप्रधानमन्त्री प्रकाशमान सिंहले एक्स्पोको उद्दघाटन गरे । सो अवसरमा उनले सुचनाप्रविधिको विकाशले देशको अर्थतन्त्रलाई बलियो बनाउन सहयोग गर्ने बताए । साथै संविधान नबनेको कारण रोकिएको विकाशलाई संविधान निर्माण पछी निरन्तरता दिने जानकारी दिए । त्यस्तै आयोजक कम्प्युटर एशोसिएन महासंघका अध्यक्ष विनोद ढकालले सूचना प्रविधिलाई अघि बढाउने जिम्मेवारी क्यानको काँधमा आएको बताए ।

सो अवसरमा विज्ञान तथा वातावरण प्रविधि मन्त्रालयका सचिव कृष्णचन्द्र पौडेलले सूचना प्रविधि अत्यावश्यक विषय भइसक्दा पनि नेपालमा यस सम्वन्धि अध्ययन तथा तालीमको व्यवस्था नभएकोले विदेश जानुपर्ने अवस्था रहेको बताए । यस्तो व्यवस्था भएमा नेपालले सुचना प्रविधिमा फड्को मार्ने उनको भनाई थियो । साथै आइटीपार्क सञ्चालनको तयारीमा रहेको जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL