Logo

हिरोको ‘क्यास व्याक अफर’ महर्जनलाई, मोटरसाइकल किनेको पुरै पैसा फिर्ता

हिरोको ‘क्यास व्याक अफर’ महर्जनलाई, मोटरसाइकल किनेको पुरै पैसा फिर्ता


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

१३ माघ, काठमाडौं । हिरो मोटरसाइकले सन् २०१५ को अवसरमा ल्याएको ‘हिरो क्यास व्याक अफर’ को बिजेता घोषणा गरेको छ । हिरोको नेपालका लागि आधिकारिक विक्रेता नेपाल जेनरल मार्केटिङले लक्की ड्र मार्फत उक्त बिजेता घोषणा गरेको हो ।

हिरोको प्रथम बिजेता प्रकाश महर्जन भएका छन् । उनले सुपर स्पेलण्डर मोटरसाइकल किनेका थिए । पहिलो बिजेता महर्जनले मोटरसाइकल किन्दाको पुरै पैसा फिर्ता पाएका छन् । त्यसैगरी, दोस्रो र तेस्रो बिजेतामा क्रमश दसिराम चौधरी र विजय साह भएका छन् । उनीहरुले हिरोको सुपर स्पेलण्डर र प्यासन प्रो मोटरसाइकल खरिद गरेका थिए । दोस्रो विजेताले ७५ प्रतिशत रकम फिर्ता पाए भने तेस्रो विजेताले ५० प्रतिशत रकम फिर्ता पाएका छन् ।

कम्पनीले हिरो मोटरसाईकल तथा स्कूटर खरिद गर्ने ग्राहकहरुका लागि सो योजना ल्याएको थियो । कम्पनिले तीनै जना ग्राहकलाई हार्दिक बधाई दिदैं आपूmले पुरस्कार स्वरुप प्राप्त गरेको रकम आफुले खरिद गरेको मोटरसाईकलको बिलको कपि लिई कम्पनीमा आउन आग्रह गरेको छ । कम्पनीले दोस्रो चरणको लक्की ड्र को नतिजा पनि छिट्टै प्रकाशित गर्ने जानकारी दिएको छ ।

साथै, यस स्किम अन्तर्गते मोटरसाईकल खरिद गर्दा कम्पनीले न्यून्तम ४ हजारदेखि अधिकतम  ८ हजार रुपैयाँसम्म नगद छुट दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL