Logo

सीजी मोटर्सले गर्यो हिरोको एसेम्बलिङ प्लान्ट उद्घाटन, वार्षिक ७५ हजार मोटरसाइकल तथा स्कुटर उत्पादन हुने

सीजी मोटर्सले गर्यो हिरोको एसेम्बलिङ प्लान्ट उद्घाटन, वार्षिक ७५ हजार मोटरसाइकल तथा स्कुटर उत्पादन हुने



काठमाडौं । हिरो मोटोकर्पको नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले नेपालमै हिरो मोटरसाइकल तथा स्कुटरको एसेम्बल प्लान्ट उद्घाटन गरेको छ । एक कार्यक्रमको आयोजना गर्दै एसेन्बल उद्घाटन साथै व्यापार योजनाको घोषणा गरेको हो ।

laxmi

सीजी मोटर्सले हिरोका ४ वटा मोडल एसेम्बल गर्ने प्लान्ट स्थापना गरेको हो । हिरोको एसेम्बलिङ प्लान्टमा वार्षिक ७५ हजार हिरो मोटरसाइकल तथा स्कुटर उत्पादन गर्न सक्ने क्षमता छ ।

हिरो मोटोकर्पले एक्सपल्स २०० फोरभी, सुपर स्प्लेण्डर, स्प्लेण्डर प्लस र जुम ११० नेपालमै एसेम्बलिङ सुरू गरेको हो । यी ४ वटै मोडललाई नवलपरासीको सीजी इन्डस्ट्रियल पार्कमा रहेको एसेम्बली प्लान्टबाट एसेम्बल गर्ने सीजी मोटर्सले जनाएको छ । यसले नवलपरासी क्षेत्रमा नयाँ लगानी ल्याउन र रोजगारीका अवसरहरू सिर्जना गर्ने अपेक्षा कम्पनीले लिएको छ ।

सीजी मोटर्सका कार्यकारी निर्देशक निर्वाण चौधरीका अनुसार ४० वर्षअघि नै प्यानासोनिक ब्रान्ड एसेम्बल प्लान राख्न खोजेको भए पनि त्यतिबेला राख्न नसकेको तर अहिले हिरो नै एसेम्बल थालेको बताएका छन् ।

हिरो मोटोकर्पको ग्लोबल बिजनेस युनिटका चिफ बिजनेस अफिसर सञ्जय भानले हिरोका मोटरसाइकल र स्कुटर नेपाली सडकको लागि उपयुक्त रहेको बताउँदै नेपाली ग्राहककाबीचमा यी उत्पादन लोकप्रिय बन्ने विश्वास लिएको बताए ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भने, ‘सीजी मोटर्सका लागि यो एकदमै विशेष क्षण हो । हामी हाम्रो एसेम्बली सुविधाको उद्घाटन गर्न र यी नयाँ उत्पादनहरू लन्च गर्न पाउँदा उत्साहित छौं । हिरो मोटोकर्पको उत्पादन तथा व्यापार प्रक्रियाका विश्वस्तरीय दक्षता हाम्रो सञ्चालन विस्तार गर्नका लागि हामीलाई धेरै लाभदायक हुनेछ । अब हामी देशभर एक बलियो बजार उपस्थिति निर्माण गर्न तत्पर हुनेछौं ।’

चौधरी ग्रुप (सीजी) नेपालको व्यापार परिदृश्यमा एक प्रमुख व्यवसायिक घराना हो, जसले विश्वभर १६० भन्दा बढी कम्पनीहरू र १२३ ब्रान्डहरूको विस्तृत नेटवर्क सञ्चालन गर्दछ, जस अन्तर्गत १५,००० भन्दा बढी कर्मचारीहरू कार्यरत छन्।

प्रतिक्रिया दिनुहोस्
MBL