Logo

क्यान इन्फोटेकमा छुटै छुट , २ सय १९ ओटा स्टल रहने

क्यान इन्फोटेकमा छुटै छुट , २ सय १९ ओटा स्टल रहने


रामराजा श्रेष्ठ
0
Shares

 

बिजखबर संवाददाता

१० माघ,काठमाडौं । ‘सुबिसु क्यान इन्फोटेक २०१५ ईन एशोसिएशन विथ डेल/ईन्टेल बाई नियोटेरिक नेपाल’ आगामी बुधवारदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ ।

एक्स्पोको अवसर पारी विभिन्न कम्पनीहरुले आफ्ना उत्पादन तथा सेवामा विशेष छुट प्रदान गर्न लागेको आयोजक कम्प्युटर एशोसिएसन नेपाल महासंघले  जानकारी दिएको छ । एक्स्पोमा सुबिसुले खुद्रा ग्राहक लक्षित केबल ईन्टरनेटका नयाँ तथा आकर्षक योजनाहरु सुपथ मुल्यमा मार्फत सार्वजनिक गर्ने भएको छ । त्यस्तै सामसुङले दैनिक लक्की ड्र, एक्सचेन्ज अफरहरु तथा सामानहरुको खरिदमा विभिन्न उपहार प्रदान गर्ने भएको छ  । साथै प्रत्येक मोवाईलको खरिदमा ५ प्रतिशत बराबरको एनटीसी. तथा एनसेलको रिर्चाजकार्ड प्रदान गर्ने भएको छ ।

त्यसैगरी गोल्ड स्पोन्सर वेभ सरफरले उपत्यका र यस नजिकका शहरका करिब ८० हजार घरहरुमा सिधै र सजिलो ईन्टरनेट सेवा प्रदान गर्ने भएको छ । उपत्यका बाहिरका १२ शहरमा सञ्चालित सेवाहरुमा समेत बिशेष सुबिधा सहितका प्याकेजहरु प्रदान गर्ने भएको छ । यता अफिसियल बंैंक सिद्घार्थ बैंकले ईन्फोटेकलाई लक्षित गरी अन्र्तराष्ट्रिय प्रि पेड ट्राभल कार्डको खरीदमा कार्ड लिनको लागि शुरुमा लाग्ने शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने भएको छ ।

 
  सूचना तथा संचार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधिको प्रदर्शन तथा प्रवद्र्धन गर्ने उद्देश्यका साथ एक्स्पो आयोजना गर्न लागिएको क्यानले बताएको छ । क्यान ईन्फोटेकको यस २१ औं संस्करणको सुबिसु केबलनेट प्रालिले शिर्ष प्रायोजन गरेको छ । त्यस्तै एशोसिएट स्पोन्सरका रुपमा डेलरईन्टल बाई नियोटेरिक नेपाल रहेको छ । 

एक्स्पोमा सुचना प्रविधि,फुट ब्रान्डिङ प्रदर्शनी कक्ष गरी जम्मा २ सय १९ ओटा स्टल रहनेछन् । हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, सफ्टवेयर सोलुससन्सलगायत प्रदर्शन गरिने आयोजकले जानकारी दिएको छ ।

एक्स्पोमा सर्वसाधारणहरुलाई १ सय ५० र विद्यार्थीलाई ७५ रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । मेला अवलोकनका लागि सरकारी विद्यालयहरुबाट अग्रिम रुपमा लिखित अनुरोध सहितको नामावलीका आधारमा सम्बन्धित विद्यालयका विद्यार्थीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

क्यानले सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले अनलाइन टिकटको समेत व्यवस्था गरेको छ । अनलाइन टिकट खरिद सोमवार देखि क्यान डट ओआरजी डट एनपीमा लग अन गरी खरिद गर्न सकिन्छ ।एक्स्पो पाँच दिनसम्म चल्ने महासंघले जानकारी दिएको छ । 

यसैविच क्यानले क्यान आईसीटी सम्मेलन आयोजना गर्ने भएको छ । फेब्रुअरी १ र २ मा नयाँ बानेश्वरस्थित एभरेष्ट होटेलमा हुने बताइएको छ ।
विकास र सामाजिक रुपान्तरणका लागि सुचना सञ्चार प्रविधि नाराका साथ आयोजना हुने सम्मेलनमा आइआइएम अहमदाबादका प्रा.डा. सुभाष भट्नाकर प्रमुख अतिथि रहनेछन् । सम्मेलनमा सुचनाप्रविधिका हालको अवस्थाका बारेमा बहस हुने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
MBL