Logo

अन्तरराष्ट्रिय बजारमा विलासी गाडीको माग बढ्दो, रोल्स रोयस र बेन्ट्लीको विक्री उच्च

अन्तरराष्ट्रिय बजारमा विलासी गाडीको माग बढ्दो, रोल्स रोयस र बेन्ट्लीको विक्री उच्च


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

९ माघ । अन्तराष्ट्रिय बजारमा विलासी तथा तिव्र गतिका कारहरुको माग तथा विक्री बढेको छ । विलासी कारका पारखीहरुले यस्ता कारमा धेरै धन खर्च गर्ने प्रचलन बढ्दै गएको छ । कार उत्पादकहरुले पनि बढी भन्दा बढी नाफा कमाउन धनि बर्गलाई लक्षित गर्दै विभिन्न सुविधासहितका लक्जरीयस कार बनाउन थालेका छन् ।

द इकोनमिस्टका अनुसार त्यस्ता उपभोक्तालाई लक्षित गर्दै २०१४ मा प्रिमियम कार उत्पादकहरुले विभिन्न मोडलका नयाँ कार बजारमा ल्याए । मर्सिडिज  मेव्याक एस ६००, लरेन पी १३, २०१४ मा सार्वजनिक गरिएका गाडीहरु हुन् । त्यस्तै मर्सिडीज बेन्ज, विएमडब्लु टु धनि बर्गले आफ्नो बनाउन चाहने गाडीहरु हुन् जुन २०१४ मै सार्वजनिक गरिएको थियो ।

2014-bentley-continental-

रोल्स रोयस र बेन्ट्ली २०१४ को सवैभन्दा बढी विक्री भएका कार हुन् । कार उत्पादकहरुले मर्सिडिज बेन्ज,जीएलए, एसयूभी(स्पोर्ट यूटीलिटी भेइकल ) र बीएमडब्लुको २ तथा ४ सिरिजका गाडीहरुको शुभारम्भ गरेका थिए । जसले युवा ग्राहकहरुलाई आकर्षित गर्ने तथा व्यवसाय बढाउन प्रोत्साहन पुर्याउने कम्पनीहरुले बताएका छन् ।

यस्ता गाडीमा नाफा पनि बढी हुने भएकोले कार उत्पादकहरुको आकर्षण बढेको देखिन्छ । २०१४ मा कार उत्पादकहरुले फेन्सी कारले ब्राण्डलाई चर्चित बनाउँछ भन्ने सोचका साथ सस्ता मोडलका कार सार्वजनिक गरेका थिए ।

कतिपय उत्पादहरु धेरै गाडी उत्पादन गरेर आफ्नो उत्पादन चर्चामा आउछ भन्ने सोच्छन् भने कतिपय यसो गर्दा व्राण्ड भ्यालु घट्ने सोच्छन् ।

कम उत्पादनको प्रस्ताव गरेकै कारण फरारीका सिइओ लुका दी मोन्टेजिमोलोलाई पदबाट हटाइएको थियो । मोन्टेजिमोलो बर्षमा ५ हजार उत्पादनलाई हटाउने प्रस्ताव राख्दा फरारीका मालिक फियाट च्यारीस्लेरले पदबाट हटाएइका हुन् । मोन्टेजिमोलोलाई उत्पादन बढी भएमा फरारीको व्राण्ड भ्यालु कम हुने डर थियो । तर मालिक भने धेरैभन्दा धेरै गाडी विक्री गर्न चाहन्थे ।

कार उत्पादहरुले २०१५ मा पनि लक्जरियस कारमा भीड बढ्ने अनुमान गरिएको छ । यसै सिलसिलामा  जीएम कैडिलैक डिभिजनले आगामी बर्ष १ लाख ५० हजार डलरको ‘सीटी ८ एस’ को नयाँ रेन्ज लन्च गर्ने भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL