Logo

६ अंकले उकालो लाग्यो नेप्से,१९ लाख ४३ हजार कित्ता सेयरबाट ९५ करोडको कारोवार

६ अंकले उकालो लाग्यो नेप्से,१९ लाख ४३ हजार कित्ता सेयरबाट ९५ करोडको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बिहीवार नेप्से परिसुचक ६ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १४ सय ८७ दशमलव १२ अंकमा पुगेर बन्द भएको हो । कारोवारमा आएका अधिकांश समुह उकालो लाग्दा समग्र सेयर बजारमा सकारात्मक प्रभाव परेको देखिन्छ ।

laxmi

बिहीवार जलविद्युत समुहको परिसुचक सवैभन्दा बढी ४६ दशमलव ९८ अंकले बढेको छ । त्यस्तै वीमा समुह ७ दशमलव ७७ र बैंकिङ समुह ७ दशमलव ६ अंकले उकालो लागेको छ ।

त्यसैगरी फाइनान्स,विकास बैंक र उत्पादन समुह क्रमशः ५ दशमलव ४२,४ दशमलव ४१ र ३ अंकले बढेको छ । यता होटल र अन्य समुह भने क्रमशः १३ दशमलव ५ट र ५ दशमलव ५ अंकले ओरालो लागेको छ ।

बिहीवार सानिमा बैंकको ५ करोड १ लाख बराबरको सेयर कारोवार भएको छ । सो दिन १ सय ४३ ओटा कम्पनी कारोवारमा आएका थिए । जसको १९ लाख ४३ हजार कित्ता सेयरबाट ९५ करोडको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL