Logo

कानुनी अड्चनले राकियो ब्रोकर शाखा विस्तार, चुक्ता पूँजी र पूर्वाधार कानुनमा बाझियो

कानुनी अड्चनले राकियो ब्रोकर शाखा विस्तार, चुक्ता पूँजी र पूर्वाधार कानुनमा बाझियो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । केही समय अघि नेपाल स्टक एकस्चेञ्ज (नेप्से)ले ब्रोकर कम्पनीलाई रिमोट ओर्क स्टेशन(आरडब्लुएस) अर्थात उपात्यका वाहिर शाखा विस्तारका लागि दिएको अनुमति तत्कालका लागि नेपाल धितोपत्र बोर्डले रोकेको छ । शाखा विस्तारका लागि अनुमति दिँदा कानुनी रुपमा केही बुँदाहरु बाझिएकाले तत्कालका लागि स्थगित गरिएको बोर्डका प्रवक्ता निरज गिरीले बताए ।

नेप्सले हाल १ करोड चुक्ता पूँजी भएको ब्रोकर कम्पनीले उपत्यका वाहिर शाखा कार्यालय खोल्न पाउने व्यवस्था सहित ४१ वटा कम्पनीलाई अनुमति दिएको थियो । त्यतिवेला नेप्सेले २०७४ असार मसान्तसम्म २ करोड रुपैयाँ पुयाउनुपर्ने तथा सोही अनुसार भौतिक पूर्वाधार र कर्मचारीको व्यवस्था गर्न निर्देशन दिएको थियो ।

तर, सो व्यवस्था ब्रोकर सम्बन्धी नियामावलीमा नहुँदा तत्कालका लागि रोक्नुपरेको गिरी बताउँछन् । ‘अहिलेको व्यवस्था अनुसार २० लाख चुक्ता पूँजीबाट ब्रोकर कम्पनी चलाइरहेका छन्,’ उनले भने, ‘तर, नेप्सेले तत्कालका लागि १ करोड र पछि २ करोड रुपैयाँ पुर्याउने भनेको छ जुन कानुनी रुपमा मेल खादैन ।’

हाल लागू गरिएको व्यवस्थालाई कसरी कानुनी रुपमा कार्यान्वयमा ल्याउने भन्ने विषयमा आगामी हप्ता धितोपत्र बोर्ड संचालक समितिको पूर्ण बैंठक बस्न लागिएको छ । सो बैंठकले निर्णय गरे अनुसार चुक्ता पूँजी तथा पूर्वाधारको व्यवस्था गरिने समेत उनले जानकारी दिए । ‘कति चुक्ता पूँजी हुने र कस्तो पूर्वाधार राख्नुपर्ने भन्ने विषय बोर्ड संचालक समितिले नै टुङ्गो लगाउने हो,’ उनले भने, ‘तसर्थ हाल नेप्सेले गरेको व्यवस्थामा परिमार्जन पनि हुनसक्छ ।’

हाल नेप्सेले चुक्ता पूँजी निर्धारण गर्नुका साथै ४ सय वर्गफिटको अफिस र कम्तीमा तीन जना कर्मचारी हुनुपर्ने व्यवस्था गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL