Logo

काठमाडौंमा पोर्क महोत्सव सुरु, ३ दिनसम्म चल्ने

काठमाडौंमा पोर्क महोत्सव सुरु, ३ दिनसम्म चल्ने


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

१ माघ ,काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा ‘पोर्क महोत्सव तथा दोस्रो बंगुरपाल व्यवसाय राष्ट्रिय कार्यशाला गोष्ठी शुरु भएको छ ।

बंगुरजन्य व्यवसाय तथा पोर्कको बजारीकरण प्रबद्र्धन गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको आयोजक बंगुर व्यवसायी संघले जानकारी दिएको छ । बिहीबारदेखि सुरु भएको महोत्सव ३ दिनसम्म चल्ने छ । महोत्सवमा दाना,औषधि तथा बंगुरको मासुका ७० भन्दा बढी स्टल रहेका छन् ।

साथै महोत्सवको दोश्रो र तेस्रो दिन कार्यशाला गोष्ठी समेता सञ्चालन गरिने बताएको छ । गोष्ठीमा २ सय किसान,व्यवसायी र सरकारी प्रतिनिधिहरुको सहभागीता रहने आयोजकले जानकारी दिएको छ । महोत्सवमा १ लाख भन्दा बढी अवलोकनकर्ताको सहभागीता रहने आयोजकको अपेक्षा छ । नेपालमा हाल ८५ हजार घरपरिवार यो व्यवसायमा संलग्न रहेको सरकारी तथ्यांक छ । त्यसमध्ये १० प्रतिशत व्यवसायीक रुपमा यो बंगुरपालनमा लागेको संघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL