काठमाडौं । दशैं बिदापछि कारोबार खुलेको पहिलो दिन नेप्से परिसूचकमा भारी अंकको गिरावट आएको छ । यसदिन नेप्से परिसूचक ५८.५५ अंकले घटेर २ हजार ६ सय ४ दशमलब ९६ बिन्दुमा आएको छ । यसदिन ४ अर्ब ६२ करोड ९० लाख ४२ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा आएकामध्ये १६ कम्पनीको सेयर भाउ बढेको छ भने २ सय ३५ कम्पनीको भाउ घटेको छ । यसदिन सबै उपसूचकहरुमा भारी गिरावट आएको छ । अहिले मुलुकमा देखिएको राजनीतिक अस्थिरता, प्राकृतिक विपत्तिका कारण लगानीकर्ताको मनोवल खस्किएको जानकारहरुले बताएका छन् ।