Logo

आज सेयर कारोबार बन्द रहने

आज सेयर कारोबार बन्द रहने



काठमाडौं । आज असोज २० गते सोमबार सेयर कारोबार बन्द नै हुने भएको छ । नेप्सेले सूचना जारी गर्दै आज सेयर कारोबार नहुने जनाएको हो । गृह मन्त्रालयले सोमबारका लागि दिएको सार्वजनिक बिदा फिर्ता लिए पनि सेयर बजार भने नखुल्ने भएको हो ।

अविरल वर्षाका कारण राजमार्ग तथा हवाइ उडान अवरुद्ध भएसँगै आइतबार र सोमबारका लागि सरकारले सार्वजनिक विदा घोषणा गरेको थियो । तर मौसम सफा भएपछि काठमाडौं लगायत जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयले सोमबार कार्यालय खोल्ने व्यवस्था गर्न निर्देशन दिएको थियो ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सोमबारको बिदा कटौती गरेर सबै प्रकारका कार्यालय खोल्न निर्देशन दिएपनि नेप्सेले भने आज सेयर कारोबार नखुलाउने भएको हो । अब दोस्रो बजारको कारोबार भोली अर्थात असोज २१ गतेदेखि हुनेछ । दशैं बिदाका कारण सेयर बजार गत सोमबारदेखि बन्द छ ।

प्रतिक्रिया दिनुहोस्