Logo

ललितपुर मोवाइल कम्प्लेक्सको होलि विशेष योजना, स्मार्टफोन खरिदमा स्मार्ट टिभी उपहार

ललितपुर मोवाइल कम्प्लेक्सको होलि विशेष योजना, स्मार्टफोन खरिदमा स्मार्ट टिभी उपहार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ललितपुर मलमा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले नेपालीहरुको महान चाड होली (फागु)को अवसर पारेर मोबाइल खरिदमा उपहार योजना सार्वजनिक गरेको छ । कम्पनीले फागुन २० गते देखि चैत्र १५ गतेसम्म लागू हुने गरि मोबाइल खरिदमा विभिन्न उपहार योजना ल्याएको हो ।

laxmi

होलीको बहार,स्मार्टफोन खरिदमास्मार्ट टिभी उपहार योजनामा हरेक मोबाइलको खरिदमा न्यूनतम ७ देखि ७० प्रतिशतसम्मको छुट पनि दिएको अध्यक्ष पुरुषेत्तम बस्नेतले जानकारी दिए ।

योजना अवधिमा ललितपुर मोबाइल कम्प्लेक्समा कुनैपनि मोबाइल सेट खरिद गर्ने ग्राहकहरुले लक्की ड्रको माध्यमबाट सामसुङको स्मार्ट टेलिभिजन सेट उपहार प्राप्त गर्न सक्नेछन् ।

ग्राहकले खरिद गरेको मोबाइलको बिल नम्बरको आधारमा लक्की ड्रमार्फत बिजेताहरुको नाम घोषणा गर्नेछ ।मोबाइल कम्प्लेक्समा न्यूनतम रु.९०० देखि रु. १ लाख ४० हजार सम्मको विभिन्न ब्राण्डका फोनहरु उपलब्ध रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL