काठमाडौं । नेपालका लागि ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले यस वर्षको चाडपर्व लक्षित अफर ‘दशैं–तिहार, १० गुणा उपहार’ अन्तर्गत पहिलो ग्राण्ड विजेताको घोषणा गरेको छ।
धनगढीका अभिषेक चौधरी ह्युन्डाई क्रेटा खरिद गर्दै स्क्र्याच कार्डमार्फत १० लाख रुपैयाँ नगद जित्ने पहिलो भाग्यशाली ग्राहक बनेका छन्।
भदौ २ गतेदेखि सुरु भएको यस अफरमा ग्राहकहरूले गाडी खरिद गर्दा ८ लाख रुपैयाँसम्मको नगद छुट, १० लाख रुपैयाँसम्मको स्क्र्याच कार्ड पुरस्कार, २० हजार रुपैयाँसम्मको लोयल्टी बोनस, साथै एक वर्षको निःशुल्क कम्प्रिहेन्सिभ बिमा र सडक कर पाउने व्यवस्था गरिएको छ।
यस्तै, ह्युन्डाई गाडीमा ३ वर्षको वारेन्टी र ६ वर्षसम्मको निःशुल्क सर्भिसिङ सुविधा उपलब्ध छ, जसले ग्राहकलाई दीर्घकालीन सन्तुष्टि दिने विश्वास कम्पनीले व्यक्त गरेको छ।
कम्पनीले विजेता चौधरीलाई बधाई ज्ञापन गर्दै सबै ग्राहकलाई नजिकको ह्युन्डाई सोरुममा पुगेर ‘दशैं–तिहार, १० गुणा उपहार’ अफरको लाभ लिन आग्रह गरेको छ।