Logo

दोहोरो अंकले घट्याे सेयर बजार, कारोबार रकम पौने ५ अर्ब नजिक

दोहोरो अंकले घट्याे सेयर बजार, कारोबार रकम पौने ५ अर्ब नजिक



काठमाडौं । साताको चौथो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले घटेको छ । कारोबार समयको सुरुवातदेखि लगातार ओरालो लागेको नेप्से अन्ति समयमा दोहोरो अंकले घट्दै बन्द भएको हो ।

आज कुल ३ सय २६ कम्पनीका १ करोड १३ लाख बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ७२ करोड ८० लाख माथि पुगेको छ ।

आज कारोबारमा आएकामध्ये २ सय १३ कम्पनीका सेयरमूल्यमा गिरावट आउँदा ३९ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ । आज कारोबारमा आएकामध्ये म्युचुअल फण्डबाहेकका सबै समुहको परिसुचक ओरालो लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्