काठमाडौं । साताको चौथो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा ९ अंकको गिरावट आएको छ । कारोबार समयको सुरुवातमा तिव्र उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ९.७० अंकले घट्दै २७ सय ६७ को विन्दुमा झरेर बन्द भएको हो ।
आज कुल ३ सय २३ कम्पनीका १ करोड ५२ लाख ६६ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब २० करोड माथि पुगेको छ । आज कारोबारमा आएकामध्ये १ सय ८८ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ भने ५९ कम्पनीको सेयरमूल्य बढेको छ । आज सेयरमूल्य बढेका कम्पनीहरुमध्ये विकास हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
बजारमा आज होटल तथा पर्यटन र म्युचुअल फण्डबाहेकका सबै समुहको परिसुचकमा गिरावट आएको छ ।