Logo

आइएमएसको नयाँवर्ष उपहार, एस ५’ को खरिदमा ३ हजारको क्यास ब्याक

आइएमएसको नयाँवर्ष उपहार, एस ५’ को खरिदमा ३ हजारको क्यास ब्याक


रामराजा श्रेष्ठ
54
Shares

बिजखबर संवाददाता

२९ पुस, काठमाडौं । सामसङ मोबाइलको नेपालका लागि आधिकारिक वितरक, इन्टिग्रेटेड मोबिलिटि सोलुशन्सले नयाँ वर्षको उपहार स्वरुप ‘स्माइल ब्याक अफर’ योजना सञ्चालनमा ल्याएको छ ।

योजना अन्तर्गत ग्राहकले सामसङ मोबाइलको उत्कृष्ट मोडल सामसङ ‘ग्यालेक्सी एस ५’ को खरिदसँगै रु. ३ हजार  को क्यास ब्याक पाउने बताइएको छ ।

आइएमइसले सो मोडलको खरिदमा रु. ६ हजार ५ सय  को छुट दिँदै आएको थियो । ग्यालेक्सी एस ५ को मूल्य छुटपश्चात  रु. ५९ हजार ५ सय पर्छ ।

यस योजनाबाट रु. ३ हजार को क्यासब्याक पाई ग्राहकले एस ५ मा जम्मा ९ हजार ५ सयको छुट प्राप्त गर्नसक्नेछन् ।

जसअनुसार . ५६हजार,५ सयमा एस ५ किन्न सकिने कम्पनीले जानकारी दिएको छ ।

एस ५ को लोकप्रियतालाई ध्यानमा राख्दै ग्राहकका लागि नयाँवर्षको रमाइलोमा अझ बढी उत्साह थप्ने योजना ल्याइएको आईएमएसका मार्केटिङ प्रमुख आयुष श्रेष्ठले बताए । क्यासब्याकसँगै, यस योजना अन्तर्गत ग्राहकले एनटिसी को रु. ५ हजार २ को डाटा प्याक र जिरो प्रतिशत ब्याजमा १५ महिनासम्मको किस्ताबन्दी पनि पाउने छन् ।

योजना इलेभेन प्लानेटको संयोजकत्वमा सामसङका दरबारमार्ग, पाको, खिचापोखरी, बौद्ध, महाराजगंज, पोखरा र नारायणघाट स्थित ब्राण्डशपबाट एस ५ सँग अरु मोबाइल साट्दा पनि लागू हुने बताइएको छ  ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL