Logo

राष्ट्र बैंकको तरलताले पनि छोएन नेप्सेलाई,परिसुचक १३ अंकले ओर्लिदा कारोवार आधा घट्यो

राष्ट्र बैंकको तरलताले पनि छोएन नेप्सेलाई,परिसुचक १३ अंकले ओर्लिदा कारोवार आधा घट्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । चालु आर्थिक बर्षको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाले बजारमा तत्काल १ खर्व २७ अर्व लगानीयोग्य पूँजी ल्याउन बाटो खुल्ल गरेपनि त्यसको प्रभाव भने नेप्सेमा देखिएन ।

मौद्रिक नीति मार्फत बजारमा देखिएको तरलता अभाव समाधान गर्न विपन्न वर्ग र उतपादनमुलक कर्जाको ५० प्रतिशत रकम तत्काल बजारमा ल्याउने व्यवस्था गरेको थियो । तर त्यसको वावजुद बुधवार नेप्से परिसुचक १३ दशमलव ४६ अंकले घटेको छ । सो दिन सेयर बजार १ हजार ३ सय ४४ दशमलव ११ अंकमा झरेर बन्द भएको हो ।

बुधवार कारोवारमा आएका सवै समुह ओरालो लागेको छ । जसमध्ये वीमा समुहको परिसुचक सवैभन्दा बढी १ सय १२ दशमलव ६९ अंकले घटेको छ । त्यस्तै होटल समुह ४१ दशमलव ७ र बैंकिङ समुह १४ दशमलव १९ अंकले ओरालो लागेको छ ।

सो दिन १ सय ३७ ओटा कम्पनी कारोवारमा आएकोमा ७ लाख ६४ हजार कित्ता सेयर किनबेच भएको छ । जसबाट ३४ करोड ५५ लाखको कारोवार भएको देखिन्छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL