काठमाडौं । नेपालको नं १ लक्जरी इभी ब्रान्ड दिपलले प्रदेश नं १ को महत्वपूर्ण सहर इटहरीमा अत्याधुनिक सोरुमको उद्घाटनको अवसरमा शुक्रबारबाट चार दिनका लागि विशेष टेस्ट ड्राइभ र एक्सचेन्जको आयोजना गर्ने भएको छ ।
एमएडब्लु वृद्धिले आफ्नो इटहरी डिलर सर्ब मोटर्ससँग मिलेर इटहरीमा शुक्रबार उद्घाटन हुने दिपलको नयाँ सोरुममा ग्राहकले भाद्र २० देखि २३ गतेसम्म दिपलका अत्याधुनिक इभी लाइनअपको टेस्ट ड्राइभ र दिपलका मानव रोबोटको अनुभव गर्न पाउनेछन् ।
विशेष टेस्ट ड्राइभ र एक्सचेन्ज कार्यक्रममा नेपालकै सबैभन्दा सुन्दर र विशेष कनेक्टिभिटी भएको दिपल एस०७ आईसीए, स्टाइलिस सेडान एल०७, संसारकै पहिलो ट्रान्सफर्मर एसयुभी दिपल ई०७ र अल्ट्राप्रिमियम लक्जरी एसयुभी अवतार ११ का साथै नेपालमा केही साताअघि सार्वजनिक भएर अटोबजार तताई रहेको दिपल एस०५ को पनि टेस्ट ड्राइभ गर्न सक्नेछन् । भर्खरै सम्पन्न नाडा अटो सो स्टपरका रुपमा चर्चित दिपल एस०५ लक्जरी, स्टाइल र टेक फिचरका कारण केही सातामै नेपाली अटोबजा।मा सफल सावित भएको छ ।
यो एक्सचेन्जमा ग्राहकले चार वटा रिकन्डिसन हाउसबाट आफ्नो पुरानो गाडीको सर्वोत्कृष्ट मूल्यांकन पाउनुका साथै केही निश्चित दिपल मोडेलमा नगद छुट, निशुल्क रोड ट्याक्स र इन्स्योरेन्सका साथै निशुल्क ट्राभल चार्जर पनि पाउनेछन् । यो कार्यक्रममा दिपलका अत्याधुनिक ह्युमनोइड रोबोट र रोबोट कुकुर पनि प्रदर्शनीमा राखिनेछ जसले आर्टिफिशियल इन्टेलिजेन्स र अटोमेसनमा चांगानको अग्रगामी सोचको प्रत्यक्ष अनुभव गर्न पाउनेछन् ।