Logo

‘एचएलआई लार्ज क्याप फण्ड’ को इकाइमा आवेदन दिने आज अन्तिम दिन

‘एचएलआई लार्ज क्याप फण्ड’ को इकाइमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं ।  हिमालयन लाइफ इन्स्योरेन्स म्युचुअल फण्डअन्तर्गतको एचएलआई लार्ज क्याप फण्डको इकाई खरिद आजसम्म गर्न सकिने छ ।

हिमालयन लाइफ कोष प्रर्वद्धक र हिमालयन इन्भेष्टमेन्ट बैंकर योजना व्यवस्थापक रहेको यो योजना’को ४० करोड इकाइको बिक्री आवेदन गत भदौ १५ गतेदेखि खुला भएकोमा आवेदन पेश गर्ने आज अन्तिम दिन रहेको छ ।

यो योजनाका इकाई खरिदका लागि भदौ १८ गतेसम्मको म्याद दिइएको थियो । तर मागबमोजिम आवेदन नपरेकाले भदौ २९ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो । तर यसबीचमा मागभन्दा बढी संख्यामा आवेदन प्राप्त भएकाले भदौ २९ गते अगावै उक्त योजनाको निष्कासन तथा बिक्री बन्द गरिन लागेको योजना व्यवस्थापक हिमालयन इन्भेष्टमेन्ट बैंकरले जनाएको छ ।

यो योजनाको कुल निष्कासनमध्ये बीज पूँजीबापत ५० प्रतिशत अर्थात २० करोड इकाई कोष प्रर्वघक हिमालयन लाइफ इन्स्योरेन्सलाई सुरक्षित राखि बाँकी रहने २० करोड इकाई सर्वसाधारणहरुमा निष्कासन गरिएको छ ।

लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा ४ करोड इकाइका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु ९आस्वा सदस्य० का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड रहेको छ।

प्रतिक्रिया दिनुहोस्