Logo

इटहरीमा खुल्यो दिपलको स्टेट अफ आर्ट सोरुम, टेस्ट ड्राइभ र एक्सचेन्ज गर्न सकिने

इटहरीमा खुल्यो दिपलको स्टेट अफ आर्ट सोरुम, टेस्ट ड्राइभ र एक्सचेन्ज गर्न सकिने



काठमाडौं । दिपलले कोशी प्रदेशको इटहरीमा नयाँ स्टेट अफ आर्ट सोरुमको उद्घाटन गरेको छ । दिपलको आधिकारिक वितरक एमएडब्लु वृद्धिले एक कार्यक्रमको आयोजना गर्दै उक्त शोरुमको उद्घाटन गरेको हो । कम्पनीले सोरुम उद्घाटन गरेसँगै विभिन्न अफरहरुसहित यहाँ चार दिन लामो विशेष टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज सुरु भएको छ ।

इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जिवन पराजुली, एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया र दिपल इटहरीको डिलर सर्ब मोटर्सका उत्कृष्ट भट्टराई तथा राधा ढकालले संयुक्त रुपमा अत्याधुनिक सोरुमको उद्घाटन गरेका हुन् । नयाँ सोरुम उद्घाटनसँगै सर्ब मोटर्सले टेस्ट एक्ड एक्सचेन्ज सुरु भएको छ ।

भाद्र २० देखि २३ गतेसम्म चल्ने कार्यक्रममा दिपलका अत्याधुनिक इभी लाइनअप नेपालकै सबैभन्दा सुन्दर र विशेष कनेक्टिभिटी भएको दिपल एस०७ आईसीए, स्टाइलिस सेडान एल०७, संसारकै पहिलो ट्रान्सफर्मर एसयुभी दिपल ई०७ र अल्ट्राप्रिमियम लक्जरी एसयुभी अवतार ११ र केही साताअघि सार्वजनिक भएर अटोबजार तताई रहेको दिपल एस०५ को पनि टेस्ट ड्राइभ गर्न सक्नेछन् ।

भर्खरै सम्पन्न नाडा अटो सो स्टपरका रुपमा चर्चित दिपल एस०५ लक्जरी, स्टाइल र टेक फिचरका कारण केही सातामै नेपाली अटोबजा।मा सफल सावित भएको छ । यो एक्सचेन्जमा ग्राहकले चार वटा रिकन्डिसन हाउसबाट आफ्नो पुरानो गाडीको सर्वोत्कृष्ट मूल्यांकन पाउनुका साथै केही निश्चित दिपल मोडेलमा नगद छुट, निशुल्क रोड ट्याक्स र इन्स्योरेन्सका साथै निशुल्क ट्राभल चार्जर पनि पाउनेछन् ।

यो कार्यक्रममा दिपलका अत्याधुनिक ह्युमनोइड रोबोट र रोबोट कुकुर पनि प्रदर्शनीमा राखिनेछ जसले आर्टिफिशियल इन्टेलिजेन्स र अटोमेसनमा चांगानको अग्रगामी सोचको प्रत्यक्ष अनुभव गर्न पाउनेछन् ।

दिपल एस०५ मा सर्वोत्कृष्ट फिचरहरु

शुक्रबार इटहरीमा सार्वजनिक भएको दिपल एस०५ लक्जरी, स्टाइल र टेक्नोलोजीको कारण केही सातामै नेपाली बजारमा चर्चित बन्न सफल मोडेल हो ।

दिपल एस०५ मा संसारकै ठूलो ब्याट्री निर्माता सीएटिएलको ‘गोल्डेन शिल्ड ब्याट्री सिस्टम २.०’ दिइएको छ जसको चार्जिंग साइकल ५ हजार (६ लाख किलोमिटर) को लाइफस्पान छ । साथै, ३० देखि ८० प्रतिशत चार्ज मात्र १५ मिनेटमा हुन्छ । यसबाहेक माइनस २० डिग्रीमा पनि १५ प्रतिशतभन्दा कम रेन्ज लस हुन्छ । दिपल एस०५ मा ६ किलोवाटको ‘भीटुएल’ मार्फत बाहिर उपकरणमा ‘पावर सप्लाइ’ गर्न सकिन्छ ।

दिपल एस०५ मा दुवै ‘फ्रन्ट सिट वेलकमिंग, भेन्टिलेटेड र हिटेड’ छन् । साथै, यसमा ‘क्विन कोपाइलट सिट’ दिइएको छ जसले ‘जिरो ग्राभिटी’, ‘लेग सपोर्ट र वान टच न्याप मोड’ मार्फत यात्रामा अद्वितीय आराम दिन्छ ।

नयाँ दिपल एस०५ मा ‘सेग्मेन्ट–एक्स्क्लुसिभ’ ‘रिमोट इन एन्ड आउट पार्किंग’को सुविधा छ जसले साँचोको प्रयोग गरेर ड्राइभरले सजिलैसँग गाडीलाई अगाडि र पछाडि सार्न सकिन्छ । यसको मद्दतबाट साँगुरो ठाउँमा सहजै पार्किंग गर्न सकिन्छ ।
दिपल एस०५ मा सेग्मेन्टमै पहिलो पटक ‘अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले’ छ जसले ‘लाइभ नेभिगेसन’ दिनुका साथै अत्यावश्यक ड्राइभिंग सूचना सीधै ‘विन्डशिल्ड’मा प्रोजेक्ट गर्छ ।

१४.४ इन्चको ‘सनफ्लावर टचस्क्रिन’ रहेको दिपल एस०५ मा ‘इन्टरनेट कनेक्टिभिटी’ रहेको छ जसको माध्यमबाट ‘स्पटिफाइ, युट्युब, एमेजन म्युजिक र लाइभ नेभिगेसन’ जस्ता फिचर छन् । स्मार्टफोनमार्फत प्रयोगकर्ताले सजिलैसँग टाढाबाट ‘एसी कन्ट्रोल’, ‘चार्जिंग सेड्युल’ र कारलाई टाढैबाट कहाँ छ भनेर जानकारी पाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्