Logo

उत्तारचढावबीच सेयर बजार स्थिर, कारोबार भने बर्षकै रेकर्ड अंकमा

उत्तारचढावबीच सेयर बजार स्थिर, कारोबार भने बर्षकै रेकर्ड अंकमा



काठमाडौं । साताको पहिलो कारोबार दिन ‘आईतबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक तिव्र उत्तारचढावसहित सामान्य अंकले बढेकाे छ । कारोबार समयको सुरुवातमा दिउँसो उत्तारचढावसहित दोहोरो अंकले उकालो लागेको नेप्से अन्तिम समयमा भने सामान्य अंकले बढेकाे हो ।

आज कारोबारको अन्तिम समयमो नेप्से परिसुचक ०.३२ अंकले बढेर २८ सय ७० को विन्दुमा झरेर रोकिएको छ ।
आईतबार कुल ३ सय १६ कम्पनीका ५ करोड १६ लाख ५८ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २१ अर्ब ४६ करोड ४९ लाख माथि पुगेको छ । यो पछिल्लो करिव २ बर्षयताकै ठुलो कारोबार हो । आज ५ समुहको परिसुचक उकालो लाग्दा बाँकी ८ समुहको परिसुचकमा गिरावट आएको छ ।

आज कारोबारमा आएकामध्ये १ सय ४४ कम्पनीको सेयरमूल्य घट्दा १ सय ५ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्