Logo

भदौ २५ गतेदेखि राष्ट्रिय राजमार्ग अनिश्चितकालीन अवरुद्ध गर्ने उखु किसान संघर्ष समितिको घोषणा

भदौ २५ गतेदेखि राष्ट्रिय राजमार्ग अनिश्चितकालीन अवरुद्ध गर्ने उखु किसान संघर्ष समितिको घोषणा



काठमाडौं । उखु किसान संघर्ष समितिले भदौ २५ गतेदेखि राष्ट्रिय राजमार्ग अवरुद्ध पार्ने घोषणा गरेको छ । आज (शनिबार) धर्नास्थल माइतीघर मण्डलामा पत्रकार सम्मेलन गरेर समितिले आन्दोलन सशक्त बनाउने घोषणा गरेको हो ।

राजमार्गकेन्द्रित आन्दोलनको लागि संघर्ष समितिले सर्लाहीको हरिवनमा भेला हुन अपिल गरेको छ । किसानले आफूहरुको माग पूरा गर्नको लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुर्ने भनेर हिजो नै भनिसकेको छ। प्रधानमन्त्री ओली आज पाँच दिने भ्रमणको लागि चीन गएका छन् ।

प्रतिक्रिया दिनुहोस्