Logo

अनलाइन लाइसेन्स सेवामा प्रविधिगत समस्या, सबै सेवा बन्द

अनलाइन लाइसेन्स सेवामा प्रविधिगत समस्या, सबै सेवा बन्द



काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सेवामा प्रविधिगत समस्या देखिएपछि यातायात व्यवस्था विभागले सबै सेवा बन्द गरेको छ।

विभागले शुक्रबार सूचना जारी गर्दै असार २० गतेदेखि सवारी चालक अनुमतिपत्र प्रणाली (इडीएल), अनलाइन आवेदन प्रणाली तथा लाइसेन्स प्रिन्ट प्रणालीमा समस्या देखिएको र समस्या समाधान नभएसम्मका लागि सम्पूर्ण सेवाहरू बन्द गरिएको जानकारी गराएको छ।

सूचनामा भनिएको छ, ‘समस्या समाधानको कार्य भइरहेकाले अर्को सूचना प्रकाशित नभएसम्म सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा बन्द रहेको जानकारी गराइन्छ।’

विभागले यस असुविधाका लागि सेवाग्राहीसमक्ष क्षमायाचना पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस्