Logo

पुनः बोर्ड अध्यक्ष श्रेष्ठको पक्षमा अदालतको आदेश, भन्यो– मिडियालाई अबहेलनामा किन कारबाही नगर्ने ?

पुनः बोर्ड अध्यक्ष श्रेष्ठको पक्षमा अदालतको आदेश, भन्यो– मिडियालाई अबहेलनामा किन कारबाही नगर्ने ?



काठमाडौं । अदालतले धितोपत्र बोर्डको अध्यक्ष सन्तोष नारायण श्रेष्ठको पक्षमा आदेश जारी गर्दै संचारमाध्यमलाई अवहेलना मुद्दामा कारबाही प्रक्रिया अघि बढाएको छ ।

काठमाडौं जिल्ला अदालतले बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठको माग बमोजिम बिजमाण्डु प्रालिलाई अदालतको अबहेलनामा किन कारबाही नगर्ने भन्दै बाटोको म्याद बाहेक ७ दिनभित्र प्रमाणसहित स्वयं उपस्थित हुन निर्देशन जारी गरेको छ ।

‘अबहेलना मुद्दामा के भएको हो ? निवेदकको माग बमोजिम अदालतको अबहेलनामा किन आदेश जारी गर्न नपर्ने हो ? आदेश जारी गर्न पर्ने कुनै आधार प्रमाण भए बाटोको म्याद बाहेक ७ दिन भित्र आफ्नो प्रमाण कागजात संलग्न गरी स्वयं उपस्थित भई लिमिख जवाफ पेश गर्नु भनी यो आदेश र निवेदन पत्र पठाउनु,’ उक्त आदेशमा भनिएको छ ।

यसअघि बोर्डका अध्यक्ष श्रेष्ठले आफु विरुद्ध झुठा समाचार प्रकाशित गरी इज्जत प्रतिष्ठामा आच पुर्याएको भन्दै मुद्दा दायर गरेका थिए । सो मुद्दामा सुनुवाई गर्दै अदालतले तत्काल समाचार हटाउन निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्