काठमाडौं । नेपालमा नयाँ भित्रिएको टुनल्याण्ड जि ७ पिकअपले २३ दिनमै देशभरिका आठवटा कठिन र उच्च भूभागहरूमा सफल यात्रा सम्पन्न गर्दै विश्वकै पहिलो पिकअपको रूपमा नयाँ कीर्तिमान स्थापित गरेको छ।
दार्चुलाको हिकिला (१,९६७ मि), पर्वतको फलामे (२,३२५ मि), इलामको सन्दकपुर (३,६३६ मि), जुम्ला (२,५१४ मि), मनाङको खाङसार (३,७५६ मि), ढोरपाटन (३,९०० मि), माथिल्लो मुस्ताङको कोरोला सीमा (४,६६० मि) र संखुवासभाको गुफापोखरी (२,८९० मि) जस्ता दुर्गम तथा अप्ठ्यारो भौगोलिक क्षेत्र हुँदै यात्रा पूरा गर्दै टुनल्याण्ड जि ७ ले आफ्नो असाधारण क्षमता प्रमाणित गरेको छ।
ठाडो उकालो, भीरालो बाटो, हिलो र ढुङ्गे कच्ची सडक पार गर्दै टुनल्याण्ड जि ७ ले सबै गन्तव्य सफलतापूर्वक नेभिगेट गरेको थियो। १६० अश्वशक्ति र ३९० एनएम टर्क क्षमताको इन्जिन, आर १८ टायर तथा २२५ मिलिमिटरको ग्राउन्ड क्लियरेन्सले कठिन बाटोमा पनि सन्तुलन र अगाडि बढ्ने शक्ति देखाएको थियो। उकालो चढ्दा ‘हिल होल्ड’ र ओरालो झर्दा ‘हिल डिसेन्ट कन्ट्रोल’ले थप सहजता प्रदान गरेको बताइएको छ।
बाहिरी रूपमा कडा देखिने यो पिकअपको भित्री भाग विलासी र आरामदायी रहेको छ। प्यानोरामिक सनरुफ, १२ तरिकाले मिलाउन सकिने इलेक्ट्रीक सिट, १२.३ इन्चको इन्फिनिटी स्क्रिन, अटोमेटिक एसी र स्मार्ट स्टार्ट बटन जस्ता सुविधाले लामो यात्रा पनि सहज बनाएको छ।
यो यात्रा टुनल्याण्ड जि ७ को एक वर्षे परीक्षणको हिस्सा थियो, जसअन्तर्गत नेपाली भूगोलमा यसको शक्ति, टिकाउपन र इन्धन दक्षता जाँच गरिएको हो।
सहरदेखि जङ्गल, कच्ची बाटोदेखि उच्च हिमाली भूभागसम्म सहजै पुग्ने क्षमता देखाएको यस पिकअपले अब केवल यातायातको साधन होइन, शक्ति, प्रदर्शन र आराम खोज्नेका लागि भरपर्दो विकल्प बनेको छ।