काठमाडौं । आगामी आईतबार नेपाली सेयर बजार बन्द हुने भएको छ । उक्त दिन अर्थात जेठ १८ गते भोटो जात्राको अवसरमा सेयर बजार बन्द रहने भएको हो।
नेप्सेले सार्वजनिक सूचना जारी गर्दै सो दिन सार्वजनिक बिदा परेकाले सेयर कारोबार नहुने जानकारी दिएको छ। अब सेयर बजार सोमबार (जेठ १९ गते) बिहान ११ बजेबाट पुनः सञ्चालनमा आउनेछ।